१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २३ शनिबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार २३ शनिबार o६:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोसी सरकार गठनविरुद्ध सर्वोच्चमा रिट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २३ शनिबार o६:५४:oo

कोसी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा शुक्रबार रिट दायर भएको छ । कोसी एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट वारेस पवनकुमार निरौलाले रिट निवेदन दर्ता गराएका हुन् । रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा र प्रदेशका सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।

कांग्रेस संसदीय दलका नेता थापालाई चार दलको समर्थन छ । तर, बहुमत पुर्‍याउन सभामुख गौतमको पनि हस्ताक्षर बुझाइएको थियो । सभामुख तटस्थ रहनुपर्नेमा उनको पनि मत गणना गरिनु संविधानविपरीत भएको दाबी रिटमा छ । सो रिटको आइतबार पेसी तोकिएको छ । 

मुख्यमन्त्री थापाले लिए शपथ
कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापालाई शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका छन् ।