१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
एजेन्सी पेरिस
२o८१ बैशाख २१ शुक्रबार o६:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एम्बाप्पेमाथि सम्झौता गर्न दबाब

Read Time : < 1 मिनेट
एजेन्सी, पेरिस
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:३२:oo

स्ट्राइकर केलियन एम्बाप्पेमाथि पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट नयाँ सम्झौता गर्न दबाब आएको छ । पिएसजीका अध्यक्ष नासेल अल खालिफीले एम्बाप्पेलाई क्लबमा बस्न चाहे नयाँ सम्झौता गर्नुपर्ने दबाब दिएका छन् । नयाँ सम्झौता नहुँदासम्म एम्बाप्पे अनुमतिविना अन्य क्लबमा जान नसक्ने खालिफीले जनाएका छन् । लुइस एन्रिकलाई नयाँ प्रशिक्षकका रूपमा क्लबमा स्वागत गरिएको पत्रकार सम्मेलनमा खालिफीले फ्रान्सेली स्ट्राइकरको सम्बन्धमा स्पष्ट पारेका हुन् । 

यसै सिजनमा एम्बाप्पे र पिएसजीबीचको सम्झौता सकिँदै छ । एम्बाप्पेले सम्झौता नगरीकन नै पिएसजीमा बस्ने प्रतिक्रिया दिएका छन् । क्लबले सम्झौता नगरीकन उनी पिएसजीमा बस्न नपाउने भनेको छ । सम्झौता समाप्तपछि एम्बाप्पे अर्को वर्ष फ्री ट्रान्सफरमा अन्य क्लबमा जाने योजनामा छन् । पिएसजीले फ्री ट्रान्सफर रकम आर्जन गर्ने उद्देश्यका साथ एम्बाप्पेलाई सम्झौता गर्न दबाब दिएको एजेन्सीले जनाएको छ । ‘एम्बाप्पे क्लबमा बस्न चाहे नयाँ सम्झौता गर्नुपर्छ,’ खालिफीले भने, ‘पिएसजीले उनलाई अर्को सिजन सामान्य रूपमा गुमाउन चाहेको छैन ।’ 

सन् २०१७ मा एम्बाप्पे मोनाकोबाट पिएसजीमा आबद्ध भएका थिए । उनले अहिलेसम्म क्लबका लागि दुई सय ६० खेलमा दुई सय १२ गोल गरेका छन् । यसक्रममा उनले पाँचपटक फ्रेन्च लिग वान उपाधि जितेका छन् । पछिल्ला ६ मध्ये पाँच सिजनमा उनी क्लबकै सर्वाधिक गोलकर्ता बनेका थिए । 

ad
ad