१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० असार २१ बिहीबार १५:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एसइईकाे नतिजा सार्वजनिक, माथिल्लो जिपिएमा सुधार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असार २१ बिहीबार १५:५३:००

एसइईको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरेको हो। यसपटक माथिल्लो जिपिएमा गत वर्षभन्दा नतिजा सुधार भएको र  तल्लो जिपिएमा नम्बर घट्दो रहेको बाेर्डका अध्यक्ष महाश्रम शर्माले बताए। 

एसइई परीक्षा गत चैत १७ गतेदेखि २९ सम्म भएको थियो । परीक्षामा देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सामुदायिक र निजी विद्यालयका गरी १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए। 

जसमा छात्रा दुई लाख ४२ हजार सात सय १२ र छात्र दुई लाख ४२ हजार छ सय ७४ जना थिए। कक्षा ९ देखि प्राविधिक धारसमेत पठनपाठन गराउँदै आएका विद्यालयबाट १५ हजार चार सय ६१ जना परीक्षार्थी एसइईमा सहभागी भएका थिए ।यसपटक फरक हिसाबबाट अंग्रेजी, गणित र विज्ञानकाे स्तरीकृत परीक्षा पनि सञ्चालन भएको थियो।