मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण ११ शुक्रबार
  • Friday, 23 February, 2024
२०८० असार १९ मंगलबार १८:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इटहरीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु, स्थानीय र प्रहरीबीच झडप  

Read Time : < 1 मिनेट
२०८० असार १९ मंगलबार १८:२७:००

इटहरीको मुख्य चोकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मंगलबार दिउँसो करिब ३ बजे ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको हो।

मृत महिलाको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। ठक्करपश्चात् इटहरी चोकमा स्थानीयले नाराबाजी गरिरहेका छन्। आक्रोशित भिडलाई नियन्त्रण गर्न प्रहरीले निरन्तर अश्रुग्यास प्रहार गरिरहेको छ भने स्थानीयले ढुंगामुढा प्रहार गरिरहेका छन्।

स्थिति नियन्त्रणमा लिन प्रशासनले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। सवारी आवतजावत ठप्प छ भने तनावग्रस्त क्षेत्रकाे व्यवसायसमेत बन्द भएकाे छ।