१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १९ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार १९ मंगलबार १६:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजस्व संकलनको अवस्था हेर्दा अर्थतन्त्र डरलाग्दो स्थितिमा छ : कांग्रेस सांसद चौधरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार १९ मंगलबार १६:o१:oo

नेपाली कांग्रेसका सांसद एवं डलर अर्बपति विनोदकुमार चौधरीले सरकारको राजस्व संकलनको अवस्था डरलाग्दो रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो बताइका हुन्।

असार १७ सम्म ९ खर्बको हाराहारीरमा मात्रै राजस्व संकलन हुनु र सरकारको साधरण खर्च १० खर्बभन्दा बढी हुनु गम्भीर स्थिति भएको चौधरीको भनाइ छ। सरकारले नै मुलुकको अर्थतन्त्र चलायमान बनाउन नसकेको स्वीकार गरेको उल्लेख गर्दै उनले अर्थतन्त्र चलायमान बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए।

‘राष्ट्र बैंकले लगाएको आयात प्रतिबन्ध खोल्ने काम पनि भयो। आयात बढेको छैन। तर, पनि समग्र अर्थतन्त्र चलायमान किन हुन सकेको छैन? लगानी किन हुन सकिरहेको छैन? किन कस्ट अफ डुइङ बिजनेस घट्न सकिरहेको छैन? सरकारको सबैभन्दा बढी चासोको विषय यही हो। आउने दिनहरूमा सरकारले गर्ने छलफल अर्थतन्त्रलाई चलायमान बनाउने र लगानी बढाउनेतर्फ हुनुपर्छ,’ उनले भने।

सांसद चौधरीले बैंकहरूसँग निक्षेप तथा कर्जाको रेसियो न्यूनतम ९० प्रतिशत हुनुपर्ने भए पनि अहिले ८३ प्रतिशतमा झरेको बताए। बैंकमा पर्याप्त तरलता हुँदा पनि ऋण दिन नसक्नुको कारण सरकारले दिनुपर्ने उनको माग छ।