
नेपाल एसबिआई बैंक लिमिटेडले दमौलीको व्यास नगरपालिकाको व्यास गुफापरिसरमा निर्माणाधीन सन्त भवन तथा अन्य निर्माण कार्यका लागि आर्थिक सहयोग गरेको छ । बैंकको दमौली शाखाले वेदानुयायी प्रतिष्ठान नेपाल, केन्द्रीय कार्यालय व्यास गुफा तनहुँमार्फत सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको उक्त सहयोग बैंकका गण्डकी प्रदेश प्रमुख सुशीलचन्द्र महतले वेदानुयायी प्रतिष्ठान नेपालका मूल संरक्षक दामोदर बाबालाई हस्तान्तरण गरेको जनाइएको छ । बैंकको दमौली शाखा प्रबन्धक दिवाकर भट्टले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले हरेक वर्ष विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको र यसका साथै वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम पनि गर्दै आएको जानकारी दिए ।
बैंकले हाल देशभरमा ९३ शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय तथा एक कर्पोरेट अफिसका साथै एक सय २८ एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ ।