१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार ११:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्र चलायमान बन्ने गरी मौद्रिक नीति ल्याउनुपर्छ : परिसंघ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:३४:oo

नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको छ । परिसंघका नवनिर्वाचित पदाधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफलमा परिसंघले चलायमान तर्थतन्त्रको पक्षमा मौद्रिक नीति आउनुपर्ने माग गरेको हो । 

परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले आइतबार गभर्नर अधिकारीसँग छलफल गरेको हो । अध्यक्ष अग्रवालले समग्र मागमा कमी आउँदा निजी क्षेत्रको मनोबल घटेको बताए । पहिले तरलताको अभाव हुँदा लगानी विस्तार गर्ने योजना उद्योगीले स्थगित गरेको उनको भनाइ थियो । 

हाल तरलताको समस्या नभए तापनि कर्जाको उच्च ब्याज तथा चालू पुँजी कर्जाका विभिन्न प्रावधानका कारणले कर्जा लिन नसकेको उनले जानकारी गराए ।उनले आगामी आर्थिक वर्षमा सरकारले राखेको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न, निजी क्षेत्रको मनोबल बढाउन तथा अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीतिको अपेक्षा निजी क्षेत्रले गरेको बताए । लक्षित आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको कर्जा कम्तीमा १२ प्रतिशतले वृद्धि गर्नुपर्ने र कर्जा विस्तार गर्दा उत्पादमूलक क्षेत्रमा जोड दिनुपर्ने उनको भनाइ थियो ।  

स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन उत्पादनमूलक क्षेत्रमा जाने कर्जाको ब्याजदर कम हुनुपर्ने आवश्यकता रहेको पनि औँल्याए । छलफलमा गभर्नर अधिकारीले परिसंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका थिए । परिसंघले अध्ययन गरेर नीतिगत सुझाव दिने गरेको भन्दै आगामी दिनमा पनि सोही अपेक्षा गरेको उनले बताए । मूल्यवृद्धि र बाह्य क्षेत्रमा पर्न सक्ने दबाबतर्फ सजग भइरहनुपर्ने उनले उल्लेख गरे । भेटमा उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, अमित मोर, पदाधिकारी समितिका स्थायी आमन्त्रित सदस्य छाया शर्मा, राष्ट्रिय परिषद् सदस्यहरू अनलराज भट्टराई, प्रासी अग्रवाल सहभागी थिए ।

ad
ad