१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ८ मंगलबार o८:३७:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एलन मस्क : भिडियो गेमदेखि टेस्ला र स्पेस–एक्ससम्म

१२ वर्षको उमेरदेखि आविष्कार थालेका मस्कले अटोमोबाइल सेक्टरदेखि फाइनान्स र स्पेस सेक्टरमा परिवर्तन ल्याएका छन्

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o८:३७:oo

बुधबार ५२ वर्ष पुगेका मस्कको इच्छा छ– सन् २०२९ सम्म मानिसलाई मंगल ग्रहमा लगेर बस्ती बसाउने । यसैगरी, स्पेससिपले विश्वको जुनसुकै कुनाबाट पनि मानिसलाई एक घन्टामा पुर्‍याउने दाबी गरिएको छ ।

विश्वका धनाढ्य, टेस्ला, स्पेस–एक्स, ट्विटरका मालिक एलन मस्कलाई नचिन्ने सायदै कम छन् । १२ वर्षको उमेरदेखि नै आविष्कार गर्न थालेका मस्कले अटोमोबाइल सेक्टरदेखि फाइनान्स र स्पेस सेक्टरमा ठूलो परिवर्तन ल्याएका छन् । यतिमै उनको सपना पूरा भएको छैन । उनको खास सपना त मंगल ग्रहमा बस्ती बसाल्नु छ । यही सपना पछ्याउँदै उनी अगाडि बढेका छन् । गत बुधबार ५२ वर्ष पुगेका उनका तीन ठूला आविष्कारबारे यहाँ चर्चा गरिएको छ :  

 टेस्ला : नवीकरणीय ऊर्जा उद्योगको ‘गेम चेन्जिङ’ कम्पनी
टेस्ला इंक अत्याधुनिक प्रविधिसहित नवीकरणीय ऊर्जा उद्योगमा गेम चेन्जिङ कम्पनी हो । यो कम्पनीले विद्युतीय सवारीसाधनदेखि ब्याट्री टेक्नोलोजी, सोलार इनर्जी र इनर्जी स्टोरेजजस्ता कैयौँ प्रडक्ट बनाएको छ, जसले विश्वलाई दीर्घकालीन भविष्यतिर लगेको वैज्ञानिकहरू बताउँछन् । सन् २००३ मा स्थापना भएको यो कम्पनीको मार्केट क्याप आठ खर्ब २० अर्ब डलरभन्दा बढी छ । 

स्पेस–एक्स : रियुजेबल रकेटमार्फत स्पेस सेक्टरमा परिवर्तन
सन् २००२ मा मस्कले स्पेस–एक्स कम्पनी स्थापना गरे । ३१ मे २०२० अर्थात् स्थापनाको १८ वर्षपछि यो कम्पनीले विश्वकै पहिलो प्राइभेट ह्युमन मिसन लन्च गरेर इहिास रच्यो । यो मिसनअन्तर्गत दुई एस्ट्रोनट रोबर्ट बेहेनकेन र डगलस हर्ले स्पेस गए । ६३ दिन अन्तरिक्षमा बसेपछि पृथ्वीमा फर्किएका थिए । मस्कको कम्पनीले रियुजेबल रकेट टेक्नोलोजी विकास गरी स्याटेलाइट लन्च र अन्य स्पेस मिसनलाई सस्तो पनि बनाए । 

पेपल  
सन् १९९८ मा पिटर थिएलल र अन्य तीनजना साथीले कन्फिनिटी नामक कम्पनी बनाउँदा पेपलको सुरुवात भएको थियो । कन्फिनिटीको ट्याबलेटजस्तो देखिने डिभाइसमार्फत प्रयोगकर्ताले पैसाको कारोबार गर्न सक्थे । पछि सन् २००० मा मस्कले आफ्नो अनलाइन बैंकिङ कम्पनी एक्स डटकमसँग मर्ज गरी पेपल नामकरण गरे । ई–बेले सन् २००२ मा पेपललाई १.५ अर्ब डलरमा खरिद गर्‍यो । यी त भए मस्कले आविष्कार गरेका चिज । यीबाहेक केही चिजमा उनले अहिले पनि काम गरिरहेका छन् । 

१० वर्षकै उमेरमा कम्प्युटर प्रोग्रामिङ सिकेर १२ वर्ष हुँदा ‘ब्लास्टर’ नामक भिडियो गेम बनाए । त्यतिवेला स्थानीय म्यागेजिनले ५०० डलरमा किनेको थियो ।

स्टारसिप टु मंगल ग्रह
अप्रिलमा मस्कले सर्वशक्तिशाली रकेट स्टारसिपको परीक्षण गरे । यो लन्च यसकारण महŒवपूर्ण थियो कि स्पेससिपले नै मानिसलाई इन्टरप्लेनेटरी बनाउँछ । अर्थात्, यसको सहयोगले पहिलोपटक कुनै मानिस पृथ्वीभन्दा पर अर्कै ग्रहमा पाइला राख्छ । यद्यपि, स्टारसिप लिफ्ट अफको चार मिनेटपछि गल्फ अफ म्याक्सिकोको ३० किमिमाथि विस्फोट भयो । 

लन्च असफल भएपछि पनि स्पेस–एक्स हेडक्वार्टरमा कर्मचारी खुसी मनाउन थाले । कारण, रकेट लन्चप्याडबाट उड्नु नै ठूलो सफलता थियो । अहिले मस्कले स्टारसिपको आगामी परीक्षणबारे काम गर्दै छन् । उनी सन् २०२९ सम्म मानिसलाई मंगल ग्रहमा लगेर बस्ती बसाउन चाहन्छन् । यसैगरी, स्पेससिपले विश्वको जुनसुकै कुनामा पनि मानिसलाई एक घन्टामा पुर्‍याउने मस्कको दाबी छ ।

न्युरोलिंक 
न्युरोलिंक मस्कको ब्रेन–चिप कम्पनी हो । न्युरोलिंकले सिक्काको आकारमा एउटा डिभाइस बनाएको छ, जसलाई लिंक नाम दिइएको छ । यो डिभाइस कम्प्युटर, मोबाइल फोन या कुनै अन्य उपकरणलाई ब्रेन–एक्टिभिटीले सीधै नियन्त्रण गर्न सक्छ । अर्थात्, प्यारालाइसिसका बिरामीले मस्तिष्कमा चिप लगाएपछि उसले सोचेर मात्रै माउसको कर्सर मुुभ गर्न सक्छन् । यसलाई लिएर मस्कको दाबी छ– दृष्टिविहीनले पनि देख्न सक्छन् । प्यारालाइसिसका बिरामीले सोचेर कम्प्युटर अपरेट गर्न सक्छन् । उनले जुन टेक्नोलोजीमार्फत चिप बनाइरहेका छन्, त्यसलाई ब्रेन कम्प्युटर इन्टरफेस (बिसिआई) भनिन्छ । एक महिनाअघि न्युरोलिंकलाई ह्युमन ट्रायल (मानव परीक्षण) गर्न अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले स्वीकृति पनि दिएको छ ।

मस्कको नेटवर्थ र बाल्यकाल
सन् २०२० को सुरुवातमा मस्को कुल नेटवर्थ (सम्पत्ति) ३० अर्ब डलर थियो । वर्षान्तसम्म बढेर १६७ अर्ब डलर पुग्यो । त्यही वर्ष टेस्लाको सेयर ६५ प्रतिशत बढेको थियो । टेस्लामा उनको २० प्रतिशत स्वामित्व थियो । तर, अहिले उनको १३.४ प्रतिशत मात्रै स्वामित्व छ भने नेटवर्थ २१९ अर्ब डलर छ । 

साउथ अफ्रिकामा जन्म
२८ जुन १९७१ मा दक्षिण अफ्रिकामा मस्कको जन्म भएको हो । उनको हुर्काइबढाइ प्रिटोरियामा भयो । उनकी आमा क्यानडामा जन्मिएकी दक्षिण अफ्रिकी मोडल हुन्, जो सन् १९६९ मा सी साउथ अफ्रिका प्रतियोगितामा फाइनलिस्ट थिइन् । मस्कका बुबाआमा १९८० मा अलग भए । १९९५ मा पेन्सेल्भेनिया युनिभर्सिटीबाट फिजिक्स र बिजनेसमा ब्याचलर्स गरेका मस्क स्ट्यानफोर्ड युनिभर्सिटीमा फिजिक्स पिएचडी कार्यक्रमका ड्रपआउट हुन् । 

मस्कले सन् २००० मा क्यानेडेली अथर जस्टिन विल्सनसँग विवाह गरे । २००८ सम्म सँगै बसे । पछि २०१० मा मस्कले अभिनेत्री तलुलाह रिलेसँग विवाह गरे । यो विवाह पनि धेरै समयसम्म टिकेन । टिक्यो त केवल २०१६ सम्म । विल्सनपट्टिबाट ६ सन्तान र पूर्वप्रेमिका गायिका ग्रिम्सबाट दुई सन्तान छन् । 

१२ वर्षकै उमेरमा भिडियो गेम बनाएर बेचे
मस्क सानैदेखि बहुप्रतिभाशाली हुन् भन्ने कुरा यहाँसम्म आइपुग्दा प्रमाणित भएको छ । त्यसो त १० वर्षकै उमेरमा उनले कम्प्युटर प्रोग्रामिङ सिकेर १२ वर्षको हुँदा ‘ब्लास्टर’ नामक भिडियो गेम बनाए । त्यतिवेला स्थानीय म्यागेजिनले ५०० डलरमा किन्यो । यो नै मस्कको पहिलो व्यापारिक उपलब्धि हो । यस्तै, सन् १९९५ मा उनले वेब सफ्टवेयर कम्पनी जिप–टु बनाएका थिए । कम्पेकले सन् १९९९ मा ३० करोड ७० लाख डलरमा खरिद गर्‍यो । यो डिलबाट मस्कलाई कम्पनीमा ७ प्रतिशतको सेयरको साटो दुई करोड २० लाख डलर प्राप्त भएको थियो । यहीँबाट मस्कको बिजनेसको खास सुरुवात भएको मानिन्छ । 

टाट पल्टिन लागेको थियो टेस्ला, मस्कले गरे उद्धार
सन् २००८ मा यस्तो पनि समय आयो कि टेस्ला टाट पल्टिने अवस्थामा पुग्यो । स्पेस–एक्समा पनि यस्तै भएको थियो । यद्यपि, मस्कले कम्पनीलाई खराब अवस्थाबाट आजको अत्यधिक सफल कम्पनी बनाएका छन् । मस्क माथि उल्लेखित कम्पनीबाहेक ट्विटरका मालिक पनि हुन् । 

ad
ad