१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार o७:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

प्रफुलको जोडी सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o७:४२:oo

त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी ललितपुरमा सञ्चालन भइरहेको तेस्रो प्रधानमन्त्री कप खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । महर्जन जोडीले नेपाल पुलिस क्लबका सुनील जोशी र अमन श्रेष्ठको जोडीलाई २–० को सेटमा हरायो । कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेपको जोडीविरुद्ध प्रफुलको जोडीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । 

एपिएफका प्रिन्स दाहाल र विजित थापामगरको जोडी अन्तिम चारमा पुगेको छ । दाहालको जोडीले बालकुमारी रिमिक्स क्लबका ससिन डोल र सुमित महर्जनको जोडीलाई २–० ले हरायो । दाहालको जोडीले फाइनल प्रवेशका लागि पुलिसका जीवन आचार्य र विष्णु कटुवालको जोडीविरुद्ध खेल्नेछ । प्रतियोगिताको यू–११ पुरुषमा आर्मीका दीप थिङले प्रशान्त बुढाथोकीलाई २–० को सहज सेटमा हाराए । 

सूर्यदर्शन ब्याडमिन्टन एकेडेमीका आदित्य थारूले कपिलवस्तुका विराट बस्नेतलाई २–१ को सेटमा हराउँदै अन्तिम चारको स्थान पक्का पारे । महिला यू–१३ मा डिबिएकी अस्मिता खत्रीले आर्मीकी समृद्धि श्रेष्ठलाई २–० को सेटमा हराइन् । बेलटार ब्याडमिन्टन एकेडेमीकी दिया राईले भक्तपुरकी स्वर्लिन श्रेष्ठलाई २–० को सीधा सेटमा हराएँदै सेमिफाइनल स्थान पक्का गरिन् । यू–१३ पुरुषतर्फ आर्मीका रिजन मगर र दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीलाई २–० ले हराउँदै अन्तिम चारको स्थान पक्का पारे । सुहम कार्कीले आर्मीका दीप थिङलाई २–० ले निराश पारे । एपिएफका आरुष सिमखडाले देवीनगरका प्रबल श्रेष्ठलाई २–० ले हराए । 

ad
ad