१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १५:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:३८:oo

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

जनताले अपेक्षा गरेअनुसार विकास, निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै उनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। ६५औँ संसद् दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेपालले यस्तो धारणा राखेका हुन्।

उनले जनसेवाको कामलाई सहज बनाउने गरी अघि बढ्न सरकार र सांसदहरूको सम्बन्ध पनि सुमधुर हुनुपर्ने आवश्यकता औँल्याए।

‘अहिले हाम्रो देशलाई विकासको यात्रालाई अगाडि बढाउनुपर्नेछ। जनताले अपेक्षा गरेबमोजिम विकासले गति लिन सकेको छैन। शासन, प्रशासन चलेको छैन। भ्रष्टाचार अहिले पनि व्याप्त छ। ती सबै भ्रष्टाचारलाई उन्मूलन गर्नुपर्ने, सुशासनको प्रत्याभूति दिनुपर्ने र जनतालाई सहज सेवा उपलब्ध गराउनुपर्ने हुन्छ। यी सबैमा निगरानी जनताका प्रतिनिधिहरूकै हुन्छ। जनताको प्रतिनिधिको हैसियतले सांसदहरूले नै यो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ,’ उनले भने।

अध्यक्ष नेपालले देशको स्वाभिमानको रक्षा गर्ने विषयमा सबै राजनीतिक दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले राष्ट्र निर्माणका लागि पूर्व सांसदहरूको अनुभवले ठूलो काम गर्ने स्मरण गराए।

ad
ad