१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १५ शुक्रबार
  • Sunday, 11 May, 2025
२o८o असार १५ शुक्रबार १o:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विषालु च्याउ खाँदा ओखलढुंगामा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार १५ शुक्रबार १o:५८:oo

विषालु च्याउ खाँदा ओखलढुंगामा एकजनाको मृत्यु भएको छ । बारीमा पलाएको च्याउ खाँदा चिसंखुगढी गाउँपालिका– ७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो ।

कल्पनाका श्रीमान् पर्शुराम खतिवडा सिकिस्त बिरामी छन् । असार ७ गते बारीमा पलाएको च्याउ पकाएर खाँदा श्रीमान्–श्रीमती नै बिरामी परेका थिए। जंगली च्याउ खाएर गम्भीर बिरामी परेका दम्पतीलाई जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौंको टिचिङ अस्पताल लगिएको थियो । 

टिचिङ अस्पतालमा उपचाररत श्रीमती शर्माको बिहीबार राति मृत्यु भएको र श्रीमान् पर्शुराम खतिवडाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।  

जिल्लामा वर्षाको समयमा च्याउ जताततै उम्रिने गरेको छ । खेतबारी र जंगलमा उम्रिने विभिन्न प्रकारको च्याउमध्ये विषालु च्याउ छुट्याउन नसक्दा त्यस्तो च्याउ खाएकै कारण बिरामी पर्ने र मृत्युसमेत हुने गरेको छ । गत वर्ष जिल्लाको चम्पादेवीमा दुईजनाको जंगली च्याउ सेवनकै कारण मृत्यु भएको थियो।