१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
रासस जाजरकोट
२o८१ बैशाख २२ शनिबार १५:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कृषिमा आकर्षण बढाउन नलगाडमा सुत्केरी भैँसीलाई भत्ता !

Read Time : < 1 मिनेट
रासस, जाजरकोट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:५२:oo

नलगाड नगरपालिकाले सुत्केरी भैँसीलाई भत्ता दिएको छ। ‘भैँसी सुत्केरी प्रोत्साहन हातभरि’ भन्ने नाराका साथ नगरपालिकाले सुत्केरी भैँसी भएका कृषकलाई रु. एक हजारका दरले भत्ता दिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए।

भैँसीपालक कृषकको संख्या घटिरहेकाले भैँसीपालनलाई थप व्यवस्थित गराउँदै भैँसीपालनमा आत्मनिर्भर गराउने उद्देश्यले सुत्केरी भत्ताको व्यवस्था गरिएको उनले बताए। असार मसान्तभित्र सबै सुत्केरी भैँसीको भत्ता दिइ सक्ने गिरीको भनाइ छ।

वडा नम्बर ६ का वडाध्यक्ष वीरेन्द्र खड्काले वडाभित्र रहेका ३१ भैँसीपालक किसानले सुत्केरी भत्ता बुझेको बताए। उनका अनुसार नगरपालिकाभरि तीन सय २४ सुत्केरी भैँसी छन् । भत्ता पाएपछि किसान खुसी भएका छन्।

‘बर्सेनि भैँसीपालक किसानलाई नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएर सहयोग गर्दै आएको छ। साथै नगरपालिकाले भैँसी बिक्री–वितरणमा रोकसमेत लगाएको छ,’ वडाध्यक्ष वीरेन्द्र खड्काले भने।

ad
ad