१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
मुख्य समाचार प्रिन्ट संस्करण

मीनबहादुर गुरुङलाई सोमबार राति नै पक्राउ गर्ने योजना थियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:o६:oo

किर्ते कागजातका आधारमा नक्कली मोही खडा गरी भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पटक–पटक गरी २० रोपनी आठ आना र तीन दाम जग्गा आफ्नो नाममा ल्याएका थिए । उक्त जग्गाको मूल्य करिब साढे दुई अर्ब रुपैयाँ पर्छ । 

ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मात्र नभई प्रहरीलाई समेत सधैँ लाग्ने आरोप हो– ठूला माछा छाड्ने र साना माछा पक्राउ गर्ने । तर, सिआइबी यसपटक हाई प्रोफाइल अभियुक्त पक्राउ गरेर उक्त आरोप काट्न चाहन्थ्यो । त्यसैले सिआइबीको हिट लिस्ट थिए– मीनबहादुर गुरुङ ।

टार्गेट गरिएका सबै अभियुक्तलाई सोमबार बेलुका नै पक्राउ गर्ने योजनाका साथ सिआइबीको टोली तयारी अवस्थामा थियो । यसका लागि सिआइबीले ‘लोकेसन कन्फर्म’का लागि सबै अभियुक्तको फोन ट्रयाकिङ गर्‍यो । तर, गुरुङको लोकेसन जनकपुर देखियो । अन्यलाई पक्राउ गर्दा विगतदेखिको आरोप पुनः लाग्ने मात्र नभई गुरुङ उतैबाट भारत भाग्न सक्ने जोखिम देखिएपछि सिआइबीको टोली योजनाबाट एक कदम पछाडि हट्यो । 

तर, प्रत्येक टार्गेटप्रतिको उच्च निगरानी जारी थियो । यही क्रममा गुरुङ मंगलबार बिहान जनकपुरबाट त्रिभुवन विमानस्थल उत्रिए । उनी सरासर नक्सालस्थित घर पुगे । जब उनलाई पक्राउ गर्ने निश्चित गरियो, त्यसपछि बाँकी ‘टार्गेट’का निम्ति टोली परिचालित भए । नभन्दै मंगलबार बिहान ८:३० देखि ९:०० सम्म ‘टार्गेट’ गरिएका सात अभियुक्त पक्राउ परिसकेका थिए । 

किर्ते कागजातका आधारमा नक्कली मोही खडा गरी भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पटक–पटक गरी २० रोपनी आठ आना र तीन दाम जग्गा आफ्नो नाममा ल्याएका थिए । उक्त जग्गाको मूल्य करिब साढे दुई अर्ब रुपैयाँ पर्छ । 

घटनाका मुख्य योजनाकार शोभाकान्त ढकाल र रामकुमार सुवेदी थिए । सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन ढकाल र सुवेदीले वरिष्ठ अधिवक्ता प्रयोग गरेका थिए । यो धन्दामा संलग्नमध्येका तत्कालीन वरिष्ठ अधिवक्ता हुन्– कुमार रेग्मी । जो अहिले सर्वोच्च अदालतमा न्यायाधीश छन् । बहस गरिदिएबापत उनलाई गुरुङले आफ्नो भागमा परेको ललितानिवासको जग्गा नै पास गरिदिएका थिए । त्यस्तै, अदालत र मालपोत कार्यालयमा सेटिङ मिलाउन पनि ठूलो खर्चको आवश्यकता थियो । यसमा गुरुङले नै लगानी गरेका थिए । 

गुरुङले उक्त जग्गामध्येको केही हिस्सा डिम्पल वंशल, प्रवीण ताम्राकार, नितु गुरुङ, भारती पाण्डे, नूतन श्रेष्ठ, अच्युतराज श्रेष्ठ, सरिता मानन्धर र अभिताम्भ तुलाधरलाई बिक्री गरिसकेका छन् । केही जग्गा भाटभटेनी डिपार्टमेन्ट स्टोरका नाममा राखेका छन् । जग्गा किर्तेमा उनका छोरा कल्याण, छोरी कामना, भाइ पहलमान र बुहारी सरला गुरुङ पनि संलग्न छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही मुद्दा २२ माघ ०७६ मा विशेष अदालतमा दर्ता गरेको थियो । जुन अहिले पनि विचाराधीन छ । अख्तियारले घटनामा जोडिएका सयजनाविरुद्ध मुद्दा दायर गरे पनि सिआइबीको अनुसन्धानले तीन सय ७० अभियुक्त घटनामा जोडिएको देखाउँछ । 

ad
ad