१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ११ सोमबार
  • Sunday, 11 May, 2025
२o८o असार ११ सोमबार १७:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रौतहटबाट तीन फरार प्रतिवादी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार ११ सोमबार १७:२१:oo

रौतहट प्रहरीले विभिन्न मुद्दामा फरार रहेका तीनजना प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेस गरेको छ।

ज्यान मार्ने उद्योग मुद्दामा दुई र लागुऔषधको मुद्दामा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको हो। माधवनारायण नगरपालिका–५ कटहरियाटोल स्थितमा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका ७६ वर्षीय बैजनाथ सहनीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका प्रतिवादी सहनीलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला अदालत गौरमा उपस्थित गराएको प्रहरीले जनाएको छ।

ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका अर्का एक प्रतिवादीलाई गौर नगरपालिका–३ बिपी चोकबाट प्रहरीले पक्राउ गरेको हो। फतुवा विजयपुर नगरपालिका वडा नं. १ का २५ वर्षीय राकेश यादवलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि रौतहट जिल्ला अदालत गौरमा उपस्थित गराइएको छ। 

यसैगरी, लागुऔषध मुद्दाका फारार प्रतिवादी ३२ वर्षीय रमेशकुमार यादवलाई वृन्दावन नगरपालिका– १ विश्रामपुर टोलबाट प्रहरीले पक्राउ गरेको छ।

अदालतबाट कैद तथा जरिवाना सजाय भए पनि यादव फरार रहेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटले पछिल्लो समयमा  विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरी आवश्यक काराबाहीका लागि प्रक्रिया अघि बढाएको छ।