१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
आइतबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
कमलराज भट्ट काठमाडौं
Invalid date format २o:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आठ मन्त्रीले दिए जवाफ, भोलि थप आठ मन्त्रीले जवाफ दिने 

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:o९:oo

आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमाथि प्रतिनिधिसभामा आठ मन्त्रालयको छलफल सकिएको छ। 

विनियोजन विधेयक– ०८० अन्तर्गत विभिन्न आठ मन्त्रालयका लागि विनियोजित बजेटमाथि प्रतिनिधिसभा सदस्यहरूको सहभागितामा मन्त्रालयगत छलफल सम्पन्न भएको हो। 

आजसम्ममा गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमाथिको छलफल सकिएको हो। 

सबै मन्त्रालयहरूका लागि विनियोजित बजेटमाथि संसदमा केही दिनदेखि छलफलल चलिरहेको थियो। आज प्रतिनिधिसभाको बैठकमा सम्बन्धित मन्त्रालयको नेतृत्व गर्दै मन्त्रीहरूले सांसदहरू उठाएका प्रश्नमाथि जवाफ दिए। 

प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ। भोलि, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन विधेयक ०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा मन्त्रालयगत छलफलमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ।