१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १६:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरमा नयाँ ऐनअनुसार नागरिकता बनाउने सेवाग्राही आएनन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५३:oo

सर्वोच्च अदालतको आदेशपछि जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरूका सन्तानले वंशजको आधारमा नागरिकता पाउने भए पनि आइतबार मकवानपुर जिल्ला प्रशासनमा त्यस्ता सेवाग्राही आएनन्। 

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आइतबारबाटै जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरूका सन्तानले वंशजको आधारमा नागरिकता पाउने भए पनि नागरिकता बनाउन कोही पनि नआएको जानकारी दिए।

उनले जिल्लाका सम्पूर्ण स्थानीय तहलाई जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरूका सन्तानले वंशजको नागरिकता लिन चाहेमा आवेदन लिई आवश्यक छानबिन र प्रक्रिया पूरा गरी सिफारिस गर्न निर्देशन दिइसकेको बताए।

‘मकवानपुरका सबै स्थानीय तहहरूलाई वंशजका अधारमा नागरिकता लिन चाहानेहरूको आवेदन संकलन गरी आवश्यक छानबिन गरेर सिफारिस गर्न भनेका छौँ। आजै भने जिल्ला प्रशासन कार्यालयमा त्यस किसिमको नागरिकता बनाउन कोहिी पनि आएका छैनन्,’ उनले भने।

सहायक प्रमुख जिल्ला अधिकारी शर्माले मकवानपुरमा पनि जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरूका सन्तानले वंशजको आधारमा नागरिता लिनेको संख्या हुन सक्ने उल्लेख गर्दै नागरिकता बनाउन आएमा प्रक्रिया पूरा गरेर नागरिकता दिने बताए।