१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ जेठ ३ बिहीबार २२:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

जनकपुरधामले ल्यायो दुई अर्ब २८ करोडको बजेट

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २२:oo:oo

मधेश प्रदेशको राजधानी रहेको जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०÷८१ का लागि दुई अर्ब २८ करोड २३ लाख ६८ हजार २९० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । 

शुक्रबार उपमहानगरपालिकाको १०औँ नगर परिषद्मा नगर उपप्रमुख किशोरी साहले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरे ।

चालुतर्फ एक अर्ब १३ करोड ६२ लाख अर्थात् ४९.७८ प्रतिशत, पुँजीगततर्फ एसियाली विकास बैंक (एडिबी)सहित एक अर्ब ९ करोड २८ लाख ३५ हजार २९० अर्थात् ४७.८८ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ पाँच करोड ३३ लाख ३४ हजार अर्थात् २.३४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

बजेटमा आन्तरिक स्रोतबाट ८० करोड ४३ लाख ११ हजार रूपैयाँ, बाहृय स्रोतबाट एक अर्ब ३९ करोड ४२ लाख ९८ हजार र ऋणबाट आठ करोड ३७ लाख ६० आम्दानी गरिने उल्लेख छ । 

आर्थिक विकास समितिलाई ६ करोड ७९ लाख ७५ हजार, सामाजिक विकास समितिलाई ६१ करोड २८ लाख ४३ हजार ५ सय, पूर्वाधार विकासमा ९० करोड ९८ लाख ८८ हजार २९०, वन, वातावरण तथा विपद व्यवस्थापनलाई ६ करोड २ लाख ८७ हजार ५ सय, सुशासन तथा संस्थागत विकास समितिलाई ५७ करोड ६३ लाख ७५ हजार बजेट विनियोजन गरिएको उपप्रमुख साहले जानकारी गराए ।

उपमहानगरपालिकाले फोहोरमैला संकलन गर्न डस्टविन व्यवस्थापन गर्न २० लाख, लामखुट्टे नियन्त्रणको नियन्त्रणबारे अध्ययन गर्न १० लाख र त्यसलाई कार्यान्वयन गर्न २ करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको छ । 

यस्तै, गाडी पार्किङस्थल तथा ग्यारेजका लागि एक करोड ५० लाख, नगर सौन्दर्यीकरण योजना तथा फोहोरमैला प्रशोधन केन्द्र निर्माणका लागि दुई करोड ५० लाख, रामजानकी अन्तर्राष्ट्रिय रंग्शालाको थप निर्माणका लागि २० लाख रकम विनियोजन गरिएको छ । 

त्यसैगरी, घुम्ती शौचालय खरिद गरी सञ्चालन गर्न ३५ लाख विनियोजन गरिएको छ । उपप्रमुख साहले यसका अतिरिक्त विनियोजन बजेटमा अन्य अनुदान शीर्षकअन्तर्गत सामाजिक सुरक्षा भत्तालगायतमा बजेट सिलिङ प्राप्त नभएकोले सामाजिक सुरक्षा भत्ता लगायतका थप शीर्षकमा विनियोजित भई आउने रकम सोहीअनुसार विनियोजन हुने बताए ।

बजेट सार्वजनिक गर्नुअघि प्रमुख मनोजकुमार साहले उपमहानगरपालिकाको नीतिक तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगर प्रमुख साहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, पुर्वाधार विकास तथा कृषि क्षेत्रलाई प्राथमिकता दिइएको छ । 

कृषि क्षेत्रलाई सुधार गर्न एक वडा एक उत्पादन, एक वडा एक पशु फर्म, एक टोल एक सामूहिक कृषि उत्पादनलगायतका कार्यक्रम  छन् । जनकपुरधाममा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन जानकी फेस्टिवल, परिक्रमाको पडाव स्थलहरूमा मेयर फर्म गठन गर्नेलगायतका कार्यक्रम नीति तथा कार्यक्रममा छन् ।

ad
ad