१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १४:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विद्युत् नियमित नहुँदा उपभोक्तालाई हैरानी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:o३:oo

लमजुङका उपभोक्ता छिनछिनमा विद्युतको लाइन काटिने समस्याले मारमा परेका छन्। १५ दिनदेखि जिल्लामा दैनिकजसो अवरुद्ध हुने गरेको भन्दै उपभोक्ताले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्। 

नेपाल विद्युत् प्राधिकरणअन्तर्गत ३३ केभिएको संरचनामा समस्या हुँदा जिल्लाभर समस्या भएको केन्द्रले जनाएको छ। बेँसीसहर– १, उदीपुरस्थित सबस्टेसनबाट नै विद्युत् समस्या हुँदा आमउपभोक्ताले सास्ती खेप्नुपरेको विद्युत् वितरण केन्द्र लमजुङका प्रमुख मेघनाथ भट्टराईले बताए। 

उनले बर्खाको समयमा ट्रान्सफर्मर पड्किने र जल्ने क्रम बढेपछि वितरण प्रणालीमा समस्या आउँदा छिनछिनमै विद्युत् आउने–जाने भएको बताए। वितरण केन्द्रले आफ्नो कार्यक्षेत्रबाहिर समस्या भएकाले विद्युत् ट्रिपिङको समस्या भएको बताएको छ। 

विद्युत् सेवा प्रभावित हुँदा दैनिक सञ्चालन हुने साना उद्योग तथा कलकारखानाको काम प्रभावित भएको उपभोक्ताको गुनासो छ। ट्रिपिङ समस्याले नियमित रूपमा काम गर्न नसकिएको सुप्रिम बेकरीका सञ्चालक सरोज शर्मा बताउछन्। 

जिल्लामा कमजोर संरचनाका कारण यो सिजनमा विद्युत् जाने–आउने हुँदा प्रत्येक वर्ष उपभोक्ता समस्यामा पर्दै आएका छन्। जिल्लामा विद्युत् उत्पादन बढी र सोअनुसारको संरचना नहुँदा विद्युत् ट्रिपिङको समस्या भोग्नुपरेको हो। 

दैनिक छिनछिनमै विद्युत् आउने–जाने समस्याले नियमित काममा समस्या हुनुका साथै कतिपय उपभोक्ताको विद्युतीय उपकरणमा समस्यासमेत आएको उपभोक्ताले बताएका छन्। 

जिल्लामा उत्पादित विद्युत् प्रवाह गर्ने संरचना नहुँदा अहिले लमजुङका लागि तनहुँको खैरेनीबाट विद्युत् जडान गरिएको र खैरेनीबाट विद्युत् जडान गर्दा प्राविधिक समस्या भएको विद्युत् अनियमित भएको केन्द्र प्रमुख भट्टराईको भनाइ छ। यसअघि विद्युत् उपभोक्ता संस्थाले सेवा प्रवाह गर्दै आएकोमा गत वर्षदेखि विद्युत् वितरणको जिम्मा प्राधिकरणले लिएको हो। 

जिल्लामा ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजना, दोर्दी करिडोरका ५४ मेगावाटको सुपर दोर्दी ख, २५ मेगावाटको माथिल्लो दोर्दी ए, ३० मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजना र १२ मेगावाटको  दोर्दी १ जलविद्युत् आयोजना र अन्य खुदी, सिउरी, राधी, स्याँगे, छ्याङ्दी, मिदिमलगायतका साना आयोजनाबाट दुई सय ४० मेगावाटभन्दा बढी विद्युत उत्पादन भइरहेको छ। 

जिल्लामा उत्पादित विद्युतलाई उदीपुरस्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। वितरण केन्द्रले तनहुँ जिल्लाको भानु नगरपालिकाको चारवटा वडा र लमजुङभर ३७ हजार घरमा विद्युत् वितरण गरेको छ।  


 

ad
ad