१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ६ शुक्रबार ०९:३३:००
Read Time : < 1 मिनेट
सप्तरंग

पिएम नरेन्द्र मोदीको  ट्रेलर युट्युबबाट गायब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ६ शुक्रबार ०९:३३:००

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित फिल्म ‘पिएम नरेन्द्र मोदी’को ट्रेलर युट्युबबाट हटाइएको छ । फिल्मका निर्माताले नै ट्रेलर हटाएको अनुमान लगाइएको छ । भारतमा जारी आमचुनावका कारण त्यहाँको सर्वोच्च अदालतले निर्वाचन आयोगलाई यो फिल्म प्रदर्शनमा रोक लगाउने कि नलगाउने भनेर मत मागेको थियो । 

आयोगले चुनावभन्दा अगाडि फिल्म प्रदर्शनमा रोक लगाउने निर्णय गरेको थियो । तर, आयोगको निर्णयविरुद्ध निर्माताले सर्वोच्चमा रिट दायर गरे । आयोगले फेरि फिल्म हेरेर निर्णय लिने बताएको छ । 

फिल्म ११ अप्रिलमै रिलिज हुने तयारीमा थियो । तर, फिल्मले आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले चुनाव सकिएपछि मात्र फिल्म रिलिज गर्नु भनेर आदेश दिएको थियो । भारतमा ११ अप्रिलदेखि १९ मेसम्म लोकसभाको चुनाव जारी छ । फिल्ममा विवेक ओवराय भारतीय प्रधानमन्त्री मोदीको भूमिकामा छन् । फिल्मलाई उमंग कुमारले निर्देशन गरेका हुन् ।