१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ६ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o असार ६ बुधबार o६:५७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरि स्थायी पेसमेकर राखियो, केही दिन अझै निगरानीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार ६ बुधबार o६:५७:oo

शनिबार मुटुको चालमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । महाराजगन्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार शल्यक्रिया गरिएको हो । स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलका अनुसार विशेषज्ञहरूको रायअनुसार स्थायी पेसमेकर राखिएको हो । ‘७२ घन्टाको नियमित निगरानीका क्रममा मुटुको चाल वेलाबखतमा कम हुने देखिएकाले विशेषज्ञहरूको रायबमोजिम पेसमेकर राख्नुपर्ने देखिएकाले सफलतापूर्वक स्थायी पेसमेकर राखिएको छ । स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ अस्पतालको विज्ञप्तिमा छ । 

राष्ट्रपतिका निजी चिकित्सक नीरज बमले राष्ट्रपतिमा देखिएको समस्या जटिल प्रकृतिको नभएको बताए । उनले उमेरसँगै मुटुको चालमा देखिने समस्याको सहजताका लागि पेसमेकर राखिएको बताए । ‘उमेरसँगै मुटुको चालमा समस्या देखिन्छ । चाललाई नियमित र सक्रिय बनाउन पेसमेकर राख्नुपरेको हो । जटिल प्रकृतिको समस्या होइन,’ उनले नयाँ पत्रिकासँग भने ।

राष्ट्रपतिको सचिवालयका अनुसार अझै केही दिन उनलाई अस्पतालमा नै राखिनेछ । ‘चिकित्सकका अनुसार केही दिन अझै निगरानीमा राख्नुपर्ने हुन्छ,’ राष्ट्रपतिका प्रेसविज्ञ किरण पोखरेलले भने । गत मंगलबार पनि मुटुमा समस्या देखिएपछि उनलाई बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो । गंगालालमा उनको एन्जिओग्राम गरिएको थियो । त्यहाँबाट उनी बुधबार मात्र डिस्चार्ज भएका थिए । 

त्यसअघि १८ चैतमा उनको पेटमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो । ६ वैशाखमा पेटमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि भारत लगिएको थियो । नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भएको थियो । उपचारपछि १८ वैशाखमा उनी स्वदेश फर्किएका थिए ।