१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format २१:१२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

न्यायालयको अन्योल हटाउन प्रेस र बारको मुख्य भूमिका छ : प्रधानन्यायाधीश कार्की 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format २१:१२:oo

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नेपाली प्रेस र बार एसाेसिएसनको सक्रिय भूमिकाका कारण लामो समयदेखि न्यायालयमा रहेको नेतृत्वको अन्योल हटेको बताएका छन् । 

सर्वोच्च अदालत लामो समयदेखि कार्यबाहक प्रधानन्यायाधीशको नेतृत्वको भरमा चल्नुपरेको कारण न्यायिक काम कारबाहीलाई प्रभावित बनाएको उल्लेख गर्दै उनले अदालतको स्वतन्त्रतालाई जोगाइराख्न प्रेस जगतले अतूुलनीय सक्रियता देखाएको भन्दै उच्च प्रशंसा गरे । 

‘प्रेस जगत र बार एसाेसिएसन प्रधानन्यायाधीश नियुक्तिका लागि नलडेको भए आजको दिन आउन मुस्किल पर्ने थियो,’ उनले भने, प्रेस काउन्सिल नेपालको टोलीसँग मंगलबार उनले भने, ‘मैले कानुन व्यवसाय गर्दा होस् या मानवा अधिकारकर्मीका रूपमा काम गर्दा प्रेस र बारको अधिकारका लागि लडेको थिएँ । अहिले प्रेस र बारबाटै रिवार्ड पाएको छु । मेरो छोटो कार्यकाल छ, तर पनि प्रेस स्वतन्त्रताका लागि अझै आफ्नो भूमिका आइपरे सोका लागि प्रतिबद्ध छु ।’

प्रधानन्यायाधीशको च्याम्बर सर्वोच्च अदालतमा भएको शुभकामना भेटघाट कार्यक्रममा कार्कीले छोटो समय भए पनि आफ्नो कार्याकालमा न्यायिक स्वच्छता कायम राख्न उल्लेखनीय कदम चाल्ने जानकारी दिए । 

न्यायालय अझै आर्थिक रूपमा स्वायत्त हुन नसकेको उल्लेख गर्दै प्रधानन्यायाधीश कार्कीले कुल राष्ट्रिय बजेटको एक प्रतिशत पनि छुट्टिन नसकेकोमा सबै पक्ष गम्भीर हुनुपर्ने उनको सुझाव थियो । 

‘यो पाटोलाई पनि अहिले न्यायालयको स्वतन्त्रताका लागि लड्ने पक्षहरूले विचार गर्नुपर्ने अवस्था आएको छ, कार्कीले भने, ‘कतिपय अदालतका भवनहरू पुराना र जीर्ण छन् । कतिपय अदालतहरू चल्नै नसक्ने अवस्थामा छन् । कतिपय अदालतमा भिडभाडको अवस्थामा पाकेटमारको समस्या छ । यसलाई व्यवस्थित गर्न पनि तपाईंहरूले आवाज उठाइदिनुपर्ने अवस्था छ ।’

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको नेतृत्वमा गएको टोलीमा बोर्ड सदस्यद्वय दीपक पाण्डे र ठाकुरप्रसाद बेल्वासे, काउन्सिलका कानुनी सल्लाहकार अधिवक्ता अनन्तराज लुइँटेल, काउन्सिलका निमित्त मुख्य अधिकृत दीपक खनालसहितको सहभागिता थियो । 

अध्यक्ष बस्नेतले स्वतन्त्र र सक्षम न्यायपलिकाबाट मात्र प्रेसको स्वतन्त्रता बच्ने उल्लेख गरे । उनले न्यायालयको स्वतन्त्रता न्यायाधीशका लागि नभई आमजनतालाई बलियो बनाउन र प्रणाली बसाउन भएकाले त्यसतर्फ दुवै अंगका क्रियाकलाप केन्द्रित हुनुपर्ने धारणा राखे ।