१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ५ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार ५ मंगलबार १२:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीपहिरोपीडितको उद्धार, उपचार र उचित राहतको तत्काल व्यवस्था होस् : हितराज पाण्डे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ५ मंगलबार १२:o४:oo

सत्तारूढ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पूर्वी पहाडी जिल्लामा वर्षापछि आएको बाढीपहिरोका पीडितहरूलाई उद्धार, उपचार र उचित राहतको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। 

मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले तीनवटै तहका सरकारले बाढीपहिरोपीडितलाई राहत, उद्धार र उचित क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्। 

प्रमुख सचेतक पाण्डेले सो घटनामा परी मृत्यु भएकोहरूप्रति श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदनासमेत व्यक्त गरे। 

उनले भने, ‘हालै ताप्लेजुङ, पाँचथर, संखुवासभालगायत पूर्वी पहाडमा ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दछु। मृतकप्रति श्रद्धाञ्जली र परिवारका सदस्यहरूप्रति समवेदना व्यक्त गर्दै सम्पूर्ण प्रभावित परिवारप्रति सहानुभूतिका साथ तीनवटै तहका सरकारलाई शीघ्राधिशीघ्र उद्धार, उपचार, राहत र पुनर्निर्माणका लागि ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रमुख सचेतक पाण्डेले पीडितलाई पुनर्वासको व्यवस्था गर्न पनि सरकारलाई ढिलाइ नगर्न सचेत गराए।