१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुद्दा फिर्ता लिने निर्णय सच्याएर उपप्राध्यापक चलाउनेलाई न्याय दिनुस् : सन्तोष परियार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५७:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। 

मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले उपप्राध्यापक चलाउनेलाई न्याय दिन र पीडक नेविसंघका विद्यार्थीहरूलाई दण्डित गर्न पनि सरकारसँग माग गरे। 

उनले त्रिभुवन विश्वविद्यालयका समाजशाष्त्रका उपप्राध्यापक चलाउनेलाई विश्वविद्यालय परिसरमै मरणासन्न हुने गरी कुटपिट गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गर्नुको सट्टा उनीहरूमाथि लगाइएको मुद्दासमेत फिर्ता लिने काम गरेर सरकारले अन्याय गरेको भन्दै आक्रोश व्यक्त गरे। 

प्रमुख सचेतक परियारले भने, ‘गुन्डागर्दीको शैलीमा दिनदहाडै त्यसरी कुटपिट गरेर मरणासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय हो ? न्याय चाहिन्छ। न्यायलाई मर्न नदिऊँ। न्याय पनि मर्‍यो भने हाम्रो आशा रहँदैन। विश्वविद्यालयजस्तो क्षेत्रमा त्यसरी गुन्डागर्दी शैलीमा मरणासन्न हुनेगरी कुट्नेहरूलाई नछोडौँ। म सम्माननीय सभामुखमार्फत नेपाल सरकारको गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु । कृपया, यो गल्तीलाई सच्याउनुस्। पीडितलाई न्याय दिनुस्।’

प्रमुख सचेतक परियारले शैक्षिक संस्थाहरू शान्तिक्षेत्र हुने मान्यतालाई समेत तिलाञ्जली दिने काम गरेका नेविसंघका ती विद्यार्थीमाथि लगाइएको ज्यान मार्ने उद्योगअन्तर्गतको मुद्दा सरकारले फिर्ता लिन नमिल्ने जिकिरसमेत गरे।