१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १५:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

देशभर भारतीय फिल्म ‘आदिपुरुष’को प्रदर्शन बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:५९:oo

संवाद विवादमा आएपछि भारतीय फिल्म ‘आदिपुरुष’को प्रदर्शन देशभर बन्द गरिएको छ। सोमबार आदिपुरुषको आधिकारिक बिक्रेता श्री व्यंकटेस इन्टरनेसनलले प्रेस विज्ञप्ति जारी गर्दै देशभर प्रदर्शन बन्द गरिएको जनाएको छ। 

बिक्रेता कम्पनीले काठमाडाैंलगायत देशभरका मेयरहरूले पनि प्रदर्शन राेक्न आदेश लिएकाेले फिल्मकाे प्रदर्शन बन्द भएकाे जनाएकाे छ। 

आइतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले भोलि सोमबारदेखि भारतीय चलचित्रलाई निषेधको घोषणा गरेका थिए। भारतीय चलचित्र ‘आदिपुरुष’ले नेपालमा सांस्कृतिक अतिक्रमण गरेको भन्दै उनले सबै भारतीय चलचित्रमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका थिए। 

गत बिहीबार प्रदर्शनको अघिल्लो दिन नै विवादमा आएको फिल्म सुरक्षाको कारण देखाउँदै काठमाडाैंका हलमा शुक्रबारको पहिलो बिहानी सो प्रदर्शन हुन पाएन। त्यसपछि यसमा भएका संवादमा तथ्य तोडमोड गरिएको, नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेको भन्दै थप विवादित बन्न पुग्यो। 

 

 

 

ad
ad