Skip This
साहुकार वेदनारायणपीडित न्याय खोज्दै जिल्ला प्रशासनमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ४ सोमबार
  • Saturday, 27 July, 2024
सप्तरी जिल्ला प्रशासन कार्यालयमा साहुकार वेदनारायण यादवविरुद्ध उजुरी दिन गएका बथनाहाका पीडितहरू ।
सौरभ यादव सप्तरी
२o८o असार ४ सोमबार o६:१६:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

साहुकार वेदनारायणपीडित न्याय खोज्दै जिल्ला प्रशासनमा

आठ पीडितले दिए उजुरी

Read Time : > 1 मिनेट
सौरभ यादव, सप्तरी
नयाँ पत्रिका
२o८o असार ४ सोमबार o६:१६:oo

मिटरब्याजी साहुकार वेदनारायण यादवबाट पीडित भएकामध्ये आठजनाले जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिएका छन् । महादेवा गाउँपालिका– ३ बथनाहाका सुकनीदेवी सरदार, रजियादेवी सरदार, कमलीदेवी सरदार, जानकीदेवी सरदार, रेखादेवी सरदार, बलदेव सरदार, गोविन्द सरदार र महावतीदेवी सरदारले जिल्ला प्रशासनको ‘अनुचित लेनदेन मिटरब्याजी जाँचबुझ आयोग’मा उजुरी दिएका हुन् । 

सरकारले मिटरब्याजपीडितलाई न्याय दिन भन्दै गौरीबहादुर कार्कीको अध्यक्षतामा यसअघि नै आयोग गठन गरेकोमा जिल्ला प्रशासन कार्यालयमा सहायक सिडिओको संयोजकत्वमा समिति बनेका छन् । सप्तरीमा लक्ष्मी आचार्य पराजुलीको नेतृत्वमा तीन सदस्यीय कार्यदल छ । आयोग अध्यक्ष कार्कीले पीडितका उजुरीमाथि तत्काल अनुसन्धान थालिने बताए ।‘मिटरब्याजी वेदनारायण यादवबाट पीडित भएको भन्दै बथनाहाका आठजनाले आयोगको सप्तरी जिल्ला समितिमा उजुरी दिएका छन् । 

उनीहरूको उजुरीका आधारमा भोलिदेखि नै अनुसन्धान सुरु हुन्छ,’ कार्कीले भने, ‘अस्वाभाविक रूपमा चक्रीय ब्याज असुल गरेको, कानुनभन्दा बाहिर गएर ब्याज लिएको, तमसुक, जालझेल गरेको पाइएमा तत्काल कारबाही अघि बढ्छ ।’ आइतबार आठजनाले मात्रै उजुरी दिए पनि थप पीडितले क्रमशः उजुरी दर्ता गराउने मिटरब्याज संघर्ष समितिका सप्तरी संयोजक छेदी पासवानले बताए ।

बिहीबार बथनाहाका विजय यादवको घर भत्काएर परिवारका सदस्यलाई रूखमा बाँधेर बर्बर यातना दिएका साहुकार वेदनारायणको आतंकबारे नयाँ पत्रिकामा समाचार आएपछि पीडितहरू न्यायका लागि जुर्मुराउन थालेका छन् । ‘आजसम्म वेदनारायणको ज्यादती सहेका हामी न्याय खोज्दै प्रशासन कार्यालयमा आएका छौँ,’ पीडित जानकीदेवी सरदारले भनिन्, ‘आठजनाले उजुरी दिएका छौँ, न्याय पाइने आशा छ ।’ 

विजय यादवको घर भत्काउने र परिवारका सदस्यमाथि कुटपिट गर्ने साहुकार वेदनारायाणसहित पाँचजनालाई थुनामा राखेर अनुसन्धान गर्न सप्तरी जिल्ला अदालतले थप एक साता म्याद थपेको छ । घटना भएकी दिन पक्राउ परेका उनीहरूविद्ध घर भत्काइएका विजयकी भाइबुहारी रञ्जनदेवी यादवले ज्यान मार्ने उद्योगमा दिएको उजुरी प्रहरीले आइतबार दर्ता गरेर अनुसन्धान अगाडि बढाएको थियो । ‘सबै आरोपीलाई थुनामा राखेर थप अनुसन्धान गर्न जिल्ला अदालतबाट एक सताको म्याद थप भएको छ,’ सप्तरी प्रहरी प्रमुख नरेन्द्र कार्कीले भने ।