१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १३:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाढीले अवरुद्ध सडक, पुल निर्माण कार्य आजैदेखि सुरु हुन्छ : मन्त्री ज्वाला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १३:५४:oo

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि थालनी गरिने बताएका छन्। 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै शनिबार राति हेवाखोलामा गएको बाढीपहिरोको विषयमा जानकारी दिँदै मन्त्री ज्यावाले संखुवासभा र पाँचथरको उत्तरी क्षेत्रमा आएको बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि थालनी गरिने बताएका हुन्। 

उनले सरकारले बाढीको कारण अवरुद्ध सडक खुला गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको बताए। उनले बाढीपहिरोको कारण भौतिक पूर्वाधार सडक र पुलको मात्रै करिब ५० करोड र केही मानवीय क्षतिसमेत भएको बताए। 

उनले क्षति भएको हेवा खोलाको पुल भत्तकिएको ठाउँमा बेलिब्रिज बनाउने काम आजैदेखि सुरुवात गरेको बताए। उनले १० दिनभित्रमा बेलिब्रिज जडान गर्ने गरी कामलाई अघि बढाएको बताए। 

उनले बाढीको कारण क्षति भएको विभिन्न स्थानको अवरुद्ध भएको सडक खुलाउन सडक डिभिजन कार्यालय इलाम, यान्त्रिक कार्यालय फिदिम, तमोर करिडोर योजना कार्यालय र मध्यपहाडी सडक कार्यालयका पदाधिकारीहरूलाई मन्त्रालयले निर्देशन दिएको बताए। उनले सडक विभागबाट आकस्मिक रूपमा काम गर्ने गरी बेलिब्रिज निर्माण गर्न डिभिजन कार्यालय इलामलाई निर्देशन दिइएको पनि बताए। 

उनले बेलिब्रिज नबेनसम्म जमिनको सतहबाट नै डाइर्भसनको माध्यमबाट सडक खुलाउने तयारी सरकारको रहेको बताए। शनिबार राति संखुवासभाको हेवाखोलामा आएको बाढीमा मात्रै १६ जना बेपत्ता भएका छन्। चैनपुर नगरपालिका– ४ स्थित हेवाखोलामा निर्माणाधीन जलविद्युत् आयोजनामा १९ जना कार्यरत रहेकोमा १६ जना बेपत्ता छन्। 

ad
ad