
नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि कार्कीलाई राष्ट्रपति पौडेलले आजै प्रधानन्यायाधीश नियुक्त गरेका थिए। कार्कीलाई २५ वैशाखमा संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग लागेर निलम्बनकै अवस्थामा अवकाश भएपछि कार्कीले विगत आठ महिनादेखि कायममुकायम प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।