Skip This
भीमदत्त नगरको सोनापुरमा एकीकृत नमुना बस्ती निर्माण सुरु
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o असार १ शुक्रबार
  • Tuesday, 16 September, 2025
मोहन विष्ट कञ्चनपुर
२o८o असार १ शुक्रबार १३:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भीमदत्त नगरको सोनापुरमा एकीकृत नमुना बस्ती निर्माण सुरु

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o असार १ शुक्रबार १३:२६:oo

कञ्चनपुरको पश्चिम महाकाली नदीतटीय क्षेत्र सोनापुर गाउँमा एकीकृत नमुना बस्ती निर्माण सुरु गरिएको छ। भीमदत्त नगरपालिका– १३ सोनापुरमा एकीकृत नमुना बस्ती निर्माण सुरु भएको हो ।

वडा नं. १३ का वडाध्यक्ष रामबहादुर बोहराको योजनामा नमुना बस्ती निर्माण कार्य अघि बढाइएको छ । स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित भएपछि उनले अति विपन्न गाउँ सोनापुरको मुहार फेर्ने उद्देश्यले नमुना बस्ती निर्माणको योजना ल्याएका थिए ।

घाँस, खरका घर हुँदा वर्षातमा डुबान पर्ने, हिउँदमा बस्न नसकिने र अन्य समयमा समेत जोखिमयुक्त बसाइ हुने भएकाले वडाध्यक्ष बोहराले वडा कार्यालय र स्थानीयको सहयोगमा नमुना बस्ती निर्माण कार्य अघि बढाएका हुन्।

यसै वर्ष १५ जेठ गणतन्त्र दिवसकै दिन सोनापुरकी बेसाहरा वृद्धा अञ्जलादेवी दमाईंको घर निर्माण गरिएको थियो। वडाध्यक्ष बोहराले गरिब, अति विपन्न एवं दलित समुदायको सुरक्षित आवासका लागि बस्ने घरसहित उक्त गाउँमा विकासका पूर्वाधारका योजना सुरु गरिएको बताए। पाँच वर्षमा ३० विपन्न समुदायका घर निर्माण गरिने लक्ष्य रहेको वडाध्यक्ष बोहराले बताए।