१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्ड र नेता भट्टराईबीच समाजवादी मोर्चा निर्माणबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:३१:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच समाजवादी मोर्चा निर्माणबारे छलफल भएको छ। 

शुक्रबार बिहान भएको प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीको भारत भ्रमण, संघीय बजेट, टिआरसीलगायतका शान्तिप्रक्रियाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चालगायतका विषयमा छलफल भएको भट्टराईले जानकारी दिए। 

डा. भट्टराईका अनुसार दुई नेताबीच देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधिलगायतका विषयमा सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भएको छ। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधिलगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी ! बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह ११ बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह !’