१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार २२:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

इप्पानमा गणेश कार्कीको प्यानल विजयी, यस्तो बन्यो नयाँ कार्यसमिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार २२:o८:oo

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिमा गणेश कार्कीको प्यानल विजयी भएको छ ।

अध्यक्षदेखि कोषाध्यक्षसम्म निर्विरोध निर्वाचित भएको नयाँ कार्यसमितिमा सातजना सदस्यको लागि मात्रै मतदान भएको थियो । त्यसमा पनि कार्की समूहबाट प्रतिस्पर्धामा उत्रिएका सबै उम्मेदवार विजयी भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्वाचित भएका छन् । उनी तीन वर्षपछि स्वतः अध्यक्ष हुनेछन् । पाँच उपाध्यक्षमा आशिष गर्ग, भरतकुमार खत्री, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य र आनन्द चौधरी निर्वाचित भएका छन् ।

महासचिवमा बलराम खतिवडा र उपमहासचिवमा प्रकाशचन्द्र दुलाल निर्वाचित भएका छन् । पाँच सचिवमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल, विक्रम बिष्ट र हिमप्रसाद पाठक निर्वाचित भएका छन् । कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त निर्वाचित भएका छन् ।

१० सदस्यमध्ये सात खुला र तीन महिला सदस्य रहने व्यवस्था छ । महिला सदस्य निर्विरोध निर्वाचित भ एभने सात खुला सदस्यका लागि १४ जना प्रतिस्पर्धामा थिए ।

त्यसमा कार्की प्यानलका उत्तरकुमार श्रेष्ठ, शंकर बस्याल, मिथुन चक्रवर्तीप्रसाद पौडेल, भरतमणि नेपाल, विजयमोहन भट्टराई, टिएन आचार्य र भरत पराजुली निर्वाचित भएका छन् । 

श्रेष्ठले सबैभन्दा धेरै २७३ मत पाउँदा बस्यालले २५४, नेपालले २२५, पराजुली र पौडेलले समान २१७, आचार्य २१६ र भट्टराई १९३ मत पाए ।

तीन महिला सदस्यमा ईशा श्रेष्ठ, सुशन कर्माचार्य र सुमन जोशी निर्विरोध निर्वाचित भए ।
नवनिर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन अधिकृत चिरञ्जीवी खतिवडाले बिहीबारै प्रमाणपत्र प्रदान गरे । 

ad
ad