१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १४:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सिंहदरबारमा माैलाउँदै ‘हाटा’ प्रवृत्ति, दुई घन्टामा १३२ कर्मचारी सतर्कताको छड्केमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:२४:oo

सिंहदरबारका कर्मचारीमा हाजिर गरेर ‘टाप कस्ने अर्थात् हाटा’ प्रवृत्ति मौलाएको छ।

राष्ट्रिय सतर्कता केन्द्रले बिहीबार सिंहदरबारको दक्षिणी गेटमा छड्के हानेको छ। बिहान १० देखि १२ बजेको अवधिमा मात्र कम्तीमा एक सय ३२ कर्मचारी दक्षिणी गेटबाट बाहिर निस्किएका थिए। सतर्कताका डिएसपी कृष्णप्रसाद अधिकारीले बहाना गरेर सिंहदरबारबाट निस्किने गरेको पाइएको बताए। 

कस्ता–कस्ता बहाना बनाएको पाइयो भन्ने प्रश्नमा उनले भने, ‘धेरैजसाेले अस्पतालमा बिरामी भेट्न, खाना खान, पासपोर्ड ल्याउन, लाइसेन्स ल्याउन, पैसा झिक्न’ जान थालेको भनेर  टिपाएका छन् । केही भने कार्यालयको कामको सिलसिलामा बाहिर निस्किएको पाइयो।’ 

बहाना बनाएर टाप कस्नेमाथि कारबाही तथा स्पष्टिकरणका लागि प्रतिवेदन बनाएर सतर्कता केन्द्रमा बुझाइने उनले बताए। सतर्कताका सूचना अधिकारी हरिप्रसाद शर्माले कार्यालय समयमा कार्यालय कामबाहेक कुनै पनि कर्मचारी अन्यत्र जान नपाउने बताए।

‘बहाना बनाएर कार्यालय छोड्न मिल्दैन, कर्मचारीले खाना बिहान खाएर आउने हो, होइन भनेर बोकेर ल्याउने हो,’ शर्माले भने, ‘पैसा झिक्न सिंहदरबारभित्रै एटिएम बुथ छन्।’

कार्यालय प्रमुख वा आफूभन्दा माथिल्लो तहका अधिकारप्राप्त अधिकारीको स्वीकृतिविना कार्यालय समयमा अन्त जान नपाइने उनले बताए। 

‘गुनासा आएपछि निरीक्षण गरिएको हो, प्रतिवेदन आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय वा सम्बन्धित मन्त्रालयमा निर्देशन पत्र पठाउँछौँ,’ उनले भने।

तस्बिर : ज्ञानेन्द्र कार्की /नयाँ पत्रिका 

ad
ad