१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ३१ बुधबार
  • Friday, 09 May, 2025
गणेश लम्साल विराटनगर
२o८o जेठ ३१ बुधबार १६:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोसीमा अल्पमतको सरकारले ल्यायो नीति तथा कार्यक्रम, अध्यादेशमार्फत बजेटकाे तयारी 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o जेठ ३१ बुधबार १६:३९:oo

कोसी प्रदेशमा एमाले र राप्रपा गठबन्धनको सरकारले बुधबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।  

माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेको एमाले नेतृत्वको सरकारले आर्थिक वर्ष ०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम बुधबार प्रदेश सभामा प्रस्तुत गरेको हो। 

एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले २४ जेठमै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको थियो। तर, गठबन्धनमा रहेको माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि एमाले र राप्रपा सहभागी अल्पमतको सरकारले एक हप्तापछि नीति कार्यक्रम प्रस्तुत गरेको हो।

नीति तथा कार्यक्रम प्रस्तुत गरेसँगै कोसी प्रदेशमा अल्पमतमा रहेको सरकारले अध्यादेशबाट बजेट ल्याउने योजना बनाएको छ। 

कोसी प्रदेशमा जम्मा ९३ जना सांसद छन्। बहुमतको सरकारका लागि ४७ जना सांसदको समर्थन चाहिन्छ। तर, कोसीमा एमालेको ४० र राप्रपाको ६ जना सांसद छन्। सरकारमा सहभागी भएको एकजना सांसद रहेको जनता समाजवादी र १३ जना सांसद रहेकोे माओवादी केन्द्र सरकारबाट बाहिरिसकेका छन्। 

२९ जना सांसद रहेको कांग्रेस र चारजना सांसद रहेको एकीकृत समाजवादी सुरुदेखि नै विपक्षमा छन्। सरकारबाट बाहिरिएपछि अब कोसीमा कांग्रेस, माओवादी, एकीकृत समाजवपादी र जसपाको पुरानौ गठबन्धन ब्युँतिएको छ।

यो गठबन्धनले आफूहरू सुविधाजनक बहुमत पुर्‍याएर नयाँ सरकार गठन गर्ने दाबी गरेको छ। अर्कोतिर अल्पमतमा परेको एमाले–राप्रपाको सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिन सफल हुने दाबी गर्दै आएको छ।