मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
२०८० जेठ ३० मंगलबार २२:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई नक्कली परीक्षार्थी पक्राउ

Read Time : < 1 मिनेट
२०८० जेठ ३० मंगलबार २२:१७:००

प्रदेश लोक सेवा आयोग गण्डकीले सञ्चालन गरेको वनरक्षक पदको परीक्षामा सहभागी दुई नक्कली परीक्षार्थी पोखराबाट पक्राउ परेका छन् । 

प्रदेश वन सेवा, जनरल फरेस्ट्री समूह, तेस्रो तह, वनरक्षक पदको परीक्षा (विज्ञापन नम्बर १४५–१५३-०७९–८०) अन्तर्गत मंगलबार भएको शारीरिक तन्दुरुस्ती परीक्षणतर्फको शारीरिक परीक्षण र दौडका क्रममा उनीहरू पक्राउ परेका हुन् ।  

पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका– ९ वयलकाटियाका १८ वर्षीय अनुराग गिरी र जुम्ला सिन्जा गाउँपालिका– ३ लुमका २५ वर्षीय पदम बुढा रहेको आयोग गण्डकीका सूचना अधिकारी शिला बराल सापकोटाले जानकारी दिइन् । 

प्रदेश प्रहरी तालिम केन्द्र, छिनेडाँडामा सञ्चालित परीक्षामा जुम्ला जिल्ला चन्दननाथ नगरपालिका– ९ का वास्तविक उम्मेदवार विनोद गिरीको नाउँमा अनुराग र जुम्लाकै मालिकाबोता– ८ घर भएका खेमराज रावतको नाउँमा पदम परीक्षा दिन गएका थिए । 
सक्कल नागरिकतामा आ-आफ्नो फोटो टाँसेर अनुराग र पदम परीक्षा दिन गएका थिए ।