१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार २o:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हेटौँडामा प्रदेशस्तरीय युवा सम्मेलन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २o:३२:oo

बागमती प्रदेश युवा परिषद्को आयोजनामा प्रदेश राजधानी हेटौँडामा दुईदिने प्रदेश युवा सम्मेलन हुने भएको छ। सम्मेलन आउँदो ११ र १२ असारमा आयोजना गरिने सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।

युवा पुस्तालाई मुलुक र समाजप्रति उत्तरदायी बनाउन नवप्रवर्तन, उद्यमशीलता र उच्च व्यक्तित्व विकास गर्न प्रेरित गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए।

उनले प्रदेशका १३ जिल्लाका २० देखि ३५ वर्षसम्मका १५० युवाको सहभागिता रहने जानकारी दिँदै सम्मेलनमा पाँचवटा विभिन्न विषयमा छलफल हुने बताए। 

उपाध्यक्ष चौलागाईंका अनुसार सम्मेलनको पहिलो सत्रमा नवप्रवर्तन र नवीनतम् सोचको विषयमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतमले युवासँग अन्तर्क्रिया गर्नेछन्। दोस्रो सत्रमा सूचना प्रविधिका विषयमा गिरिराज त्रिपाठीले युवाहरूसँग छलफल चलाउनेछन्।

यस्तै, सामाजिक र सार्वजनिक जीवनमा युवा सहभागिताका विषयमा टेलिभिजन पत्रकार टीकाराम यात्री र विद्या चापागाईंसँगको सहकार्यमा लेखक तथा विश्लेषक केशव दाहालले अन्तर्क्रिया गर्नेछन्। 

यस्तै, उद्यम एवं व्यावसायिक सुरुवात र उद्यमशीलताका विषयमा डा. सुयश कार्की र पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले अनुभव साटासाट गर्नेछन्।

सम्मेलनअन्तर्गत सन्तोष सिग्देल र उज्ज्वल आचार्यले सामाजिक सञ्जालका विषय तथा माधव ढुंगेल, महेश दाहाल र सुरेन्द्र बस्नेतले राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा छलफल तथा अन्तर्क्रिया गर्ने उपाध्यक्ष चौलागाईंले जानकारी दिए।

सम्मेलनका विषयमा जानकारी दिन आयोजित पत्रत्रकार सम्मेलनमा प्रदेशका सामाजिक विकासमन्त्री एवं प्रदेश युवा परिषद्की अध्यक्ष कुमारी मुक्तानले सम्मेलनले प्रदेशका युवाहरूलाई अगाडि बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन्। 

ad
ad