१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले चालू खर्च कटौती गर्ने प्रतिबद्धताविपरीत बजेट ल्यायो : विष्णु पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५६:oo

प्रमुख प्रतिपक्ष दल एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार आफैँले चालू खर्च कटौती गर्ने प्रतिबद्धताविपरीत आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै आपत्ति जनाएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले आगामी बजेटमा चालू खर्च गत वर्षको तुलनामा ९७ अर्बले बढी हुनु सरकार आफैँले गरेको घोषणाविपरीत रहेको औँल्याए।

सरकारले खर्च कटौती गर्ने भनेर बजेटमा नै ढाँटेको पौडेलको दाबी छ। त्यसैगरी उनले पुँजीगत खर्च बढाउने भनेर सरकारले आगामी आर्थिक वर्षको तुलनामा ७८ अर्ब ३१ करोडले बजेट घटाएको उल्लेख गरे।

‘बजेट वक्तव्यमा उच्च स्वरमा चालू खर्च घटाउने भनियो। चालू आर्थिक वर्षको चालू खर्चको संशोधित अनुमान १० खर्व ४४ अर्ब छ । आगामी आर्थिक वर्षको चालू खर्च ११ खर्ब ४१ अर्ब प्रस्ताव गरिएको छ । अर्थात् चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको चालू खर्च ९७ अर्बले बढी छ । यसरी चालू खर्च घटाउने दाबीलाई बजेट स्वयंले खण्डन गरेको छ सभामुख महोदय, भन्दा चालू खर्च घटाउने भन्ने र गर्दा खेरिमा चालू खर्च बढाएर बजेट प्रस्तुत भएको छ,’ पूर्वअर्थमन्त्री पौडेलले भने।