१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २६ शुक्रबार २०:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुबाट पर्ने प्रभाव कम गर्न ठोस कार्ययोजना बनाउनुपर्नेमा जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २६ शुक्रबार २०:०१:००

तातो हावा (लु)को लहर तथा जनजीवनमा परिरहेको प्रभाव कम गर्न सरकारले कार्ययोजना नै बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार आयोजना गरेको विपत् संवादमा सरकारीसँगै सम्बन्धित निकायको भूमिका र जिम्मेवारी स्पष्ट भएको मानवीय कार्ययोजना तथा विषयगत क्षेत्रको योजनाको आवश्यकता औँल्याइएको हो ।

तातो हावासम्बन्धी सरकारी निकायका अधिकारी एवं विज्ञबाट स्थानीय तहको आवश्यकता पहिचान गरी त्यहाँका जनप्रतिनिधिको नेतृत्वमा पूर्वतयारी एवं प्रतिकार्यका कार्य अगाडि बढाउन उपयुक्त हुने धारणा पनि व्यक्त भयो ।
 
जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक अर्चना श्रेष्ठले यस वर्ष विभिन्न स्थानमा अधिकतम तापक्रम हालसम्मकै उच्च रहेको र यो अवस्था अझै केही दिन रहन सक्ने बताइन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ मेडिकल सुपरिटेन्डन्ट डा. पवनकुमार साहले तातो हावाको लहरबाट सामान्यदेखि बेहोस भई ज्यान जानेसम्मका स्वास्थ्य जोखिम रहेको जानकारी दिए । 

नेपाल स्वास्थ्य अनुसन्थान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धितालले स्वास्थ्य, शिक्षा, यातायात, विद्युत प्रणालीलगायतमा प्रभाव पर्ने भएकाले सबै निकायबीच उचित समन्वयमा काम हुनुपर्ने बताए ।  

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलको अध्यक्षतामा भएको संवाद कार्यक्रमलाई जलवायु परिवर्तन र पानी व्यवस्थापनविज्ञ अजय दीक्षितले सहजीकरण गरेका थिए ।