१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २५ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २५ बिहीबार १२:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारलाई सांसद तामाङको प्रश्न– कञ्चनपुरका आरक्षपीडितको पुनर्स्थापना कहिले हुन्छ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २५ बिहीबार १२:२६:oo

नेकपा एमालेका सांसद तारा लामा तामाङले कञ्चनपुरका आरक्षपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

समस्या समाधानका लागि पीडित महिना दिनदेखि राजधानीमा भौँतारिरहेको भन्दै सांसद तामाङले पीडितको पुनर्स्थापना गर्न सरकारसँग माग गरेका हुन्। बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कञ्चनपुर– १ बाट निर्वाचित सांसद तामाङले भने, ‘कुरो उठाएको उठायै छु। सरकारले गर्छु मात्र भन्ने, हाम्रो कञ्चनपुर जिल्लाको आरक्षपीडितहरूको वर्षौँदेखिको समस्या समाधानका लागि केही प्रगति भएको छैन। नयाँ सरकार बनेपछि समस्या समाधान हुन्छ कि भनेर आस गरेर अहिले काठमाडौंमा हप्तौँदेखि पीडितहरू भौँतारिराखेका छन्। सरकारले उचित समस्या समाधानका लागि कहिले कदम चाल्छ ?’

तत्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट २०५८ सालमा विस्थापित पीडित सयौँ परिवारको राज्यबाट अझै पुनर्स्थापना हुन सकेको छैन। उनीहरू सडक र नदी किनारमा शिविर बनाएर बसिरहेका छन्। आरक्षपीडित संघर्ष समिति बनाएर पीडितहरू काठमाडौं आई जिल्लाबाट निर्वाचित सांसद र मन्त्री तथा प्रधानमन्त्रीसँग भेट गरेर समस्या सुनाए पनि सम्बोधन भएको छैन।

सांसद तामाङले कञ्चनपुरको छोटी भन्सार कार्यालय निर्माणका लागि पनि सरकारको ध्यानाकर्षण गराए । ‘प्रधानमन्त्रीज्यूले जहिले पनि बन्छ भन्नुहुन्छ, तर अहिलेसम्म नबनेकाले राजस्व चुहावट भइरहेको छ । यो कहिले बन्छ ?’ उनले सोधे।