Skip This
५६ लाख सेयर लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी रहँदैन : अर्थमन्त्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २५ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २५ बिहीबार ११:२५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

५६ लाख सेयर लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी रहँदैन : अर्थमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २५ बिहीबार ११:२५:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले ५६ लाख सेयर लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री डा. महतले यस्ताे बताएका हुन् ।

अर्थमन्त्री डा. महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताउँदै भने, ‘सेयर बजारमा आममानिसको लगानी र आयआर्जनको माध्यमका रूपमा ठूलो आकर्षण छ । त्यसकारण बोर्डको जिम्मेवारी र दायित्व बढेको छ । ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु यसको दायित्व र जिम्मेवारी हो । यो जिम्मेवारीलाई उच्च महत्व दिएर धितोपत्र बोर्डले काम गर्नेछ । यसलाई अझ उचाइमा पुर्‍याउनेछ ।’

धितोपत्र बोर्डले नियमनको कामलाई अत्यन्त महत्वका साथ निर्वाह गर्नुपर्ने आवश्यकता औल्याउँदै डा. महतले सेयर बजारलाई अझै स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नका लागि आफ्नोतर्फबाट हुने सहयोगमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गरे ।

‘आगामी आर्थिक वर्षको आय–व्यय प्रस्तुत गर्दा सेयर बजारको विषयमा जे कुरा त्यहाँ उल्लेख भयो, यसको उद्देश्य आमलगानीकर्तालाई आय करको दायरामा ल्याउने हुँदै होइन, सम्पूर्ण ५६ लाख लगानीकर्ता आय करको दायरामा आउने भए भनेर सेयर बजारमा जुन हल्ला चल्यो त्यो गलत हो,’ उनले भने । 

‘सेयर बजारले निश्चित व्यक्तिलाई फाइदा पुर्‍याउने माध्यमका रूपमा धितोपत्र बोर्ड माध्यम बन्नुहुँदैन,’ मन्त्री डा. महतले भने, ‘सेयर बजारमा लगानी गर्दा बढी फाइदा हुन्छ कि भनेर अथवा भोलि केही होला कि भनेर जसले गाँस काटेर लगानी गरेका छन्, उनीहरूको सुरक्षा गर्ने सबैभन्दा ठूलो जिम्मेवारी धितोपत्र बोर्डको हो ।’

‘सेयर बजारलाई प्रतिस्पर्धात्मक बनाएर लैजानुपर्छ । कमोडिटी बजारलाई पनि सेयर बजारमा प्रवेश गराउने चर्चा चलिरहेको छ । धितोपत्र बोर्डलाई अटोमेटेट सिस्टम लैजाने, हरेक क्रियाकलापलाई कागजरहित बनाएर लैजाने, कसैले अनपेक्षित फाइदा लिन नपाउने सुनिश्चितता गर्नेलगायतका कुरामा उच्च सतर्कता धिताेपत्र बोर्डले अपनाउने छ,’ मन्त्री डा. महतले भने ।

‘सेयर बजारलाई स्वस्थ र लगानीकर्ताको लगानी सुरक्षित गर्नका लागि राष्ट्र बैंकले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ । अर्थ मन्त्रालयबाट कहीँकतै द्विविधा नरहोस्, कसैले भ्रम सिर्जना गर्ने प्रयास नगरून् । सेयर बजारलाई कमजोर बनाउने, यसप्रतिको विश्वासलाई कम गराउने काम हामीबाट हुँदैन, तर सीमित व्यक्तिले मात्रै फाइदा उठाउने, नामचाहिँ ५६ लाख लगानीकर्ताको लिने परम्पराको अन्त्य हुनुपर्छ,’ मन्त्री डा. महतको भनाइ थियो ।

सूचना प्रविधिको भरपूर उपयोग गर्न अर्थमन्त्री डा. महतले सुझाएका छन् । उनले धितोपत्र बोर्ड छिट्टै आफ्नै भवनमा सर्नका लागि अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने बताए ।