१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २५ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ २५ बिहीबार १o:५o:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जिम थाल्दा नगर्नुस् यस्ता गल्ती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ २५ बिहीबार १o:५o:oo

सुरुमै धेरै तौल उचाल्नुको साटो ट्रेडमिल, साइक्लिङलगायतमा फोकस गर्नुस् । कतिपय मानिस जिम जानासाथ ठूला–ठूला फलामका तौल उचाल्न थाल्छन् । यसले एकातर्फ मसल्स पेनको सम्भावना बढाउँछ । अर्कोतर्फ, दिनभर थकित भइन्छ । बरु, उपयुक्त टेक्निक लगाएर प्रशिक्षकको सल्लाहमा थोरै–थोरै गर्दै तौल बढाउँदै उचाल्नुस् । 

कतिपय अवस्थामा जिममा पहिल्यै अभ्यस्त भएका मानिसलाई देखेर भर्खरै जिम थाल्नेहरू नर्भस हुने गर्छन् । आफूले तौल उचाल्दा कसैले हेरिरहेको छ कि भन्ने डर पनि उनीहरूमा हुने गरेको छ । कतिपयले अरूले तौल उचालेको देखेर त्यहीअनुसार तौल उचाल्ने पनि गरेका छन् ।

तर, अरू कसैलाई हेरेर होइन, आफ्नो प्रशिक्षकको सल्लाह र शरीरको अवस्था बुझेर जिम गर्ने हो । कसले के भन्छ भन्ने बिर्सनुस् र आफ्नो काममा मात्रै ध्यान केन्द्रित गर्नुस् । तपाईं अभ्यस्त भएपछि अरू मानिसले पनि तपाईंसँग टिप्स माग्न थाल्नेछन् ।