१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २४ बुधबार
  • Tuesday, 16 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २४ बुधबार १५:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बजेटमा कर्मचारीको व्यक्तिगत स्वार्थ हाबी देखिन्छ : अध्यक्ष यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २४ बुधबार १५:२६:oo

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आर्थिक वर्ष ०८०/८१ को बजेट समाजवाद विमुख भएको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष यादवले आर्थिक वर्ष ०८०/८१ को बजेट समाजवाद विमुख भएको टिप्पणी गरेका हुन्। 

उनले बजेट संविधानले परिकल्पना गरेअनुरूपको समाजवादउन्मुख नभएको बताए। बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको बताउँदै उनले बजेटले लक्ष्यअनुरूपको ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने दाबी गरे। 
 
उनले भने, ‘बजेट समाजवादउन्मुख छँदै छैन। बजेट विकृत पुँजीवादी या नवउदारवादी सिद्धान्तमा आधारित छ। यस किसिमको बजेटले समाजवादउन्मुख बाटो पक्रन सक्दैन। समाजवादउन्मुख होइन समाजवाद विमुख बजेट रहेको छ। आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत हासिल गर्ने भनिएको छ। तर, यो बजेटबाट ६ प्रतिशत वृद्धिदर हासिल गर्न असम्भव छ। यही तरिकाले अगाडि बढ्ने हो भने २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति हुन पनि सम्भव छैन। भ्रष्टाचारलाई नियन्त्रण गर्ने कुनै कन्ट्रोल प्लान छ ? कहीँ केही छैन त। कुरा गरेर भ्रष्टाचार नियन्त्रण हुँदैन। भ्रष्टाचार के गरी नियन्त्रण हुन्छ ? कसरी नियन्त्रण गर्ने हो ? त्यस विषयमा अध्ययन गरेर एक्सनप्लान अगाडि आउन आवश्यक छ। बजेट निर्माणमा अर्थ मन्त्रालयका कर्मचारीको व्यक्तिगत स्वार्थ हाबी देखिन्छ।’ 

उनले बजेट भोकमरी, गरिबी, बेरोजगारी र अशिक्षाबाट जनतालाई मुक्त गर्ने गरी आउनुपर्नेमा त्यस्तो हुन नसकेको बताए। 

ad
ad
ad
ad