मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १५ सोमबार
  • Monday, 02 October, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २४ बुधबार १२:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतको नयाँ नक्साबारे कुरा उठेको छ, थप अध्ययन र छलफल गर्छौँ : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २४ बुधबार १२:३९:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको नयाँ संसद् भवनमा नेपालको भूमिसमेत सामेल गरिएको नक्साबारे आफूले गम्भीर रूपमा कुरा उठाएको बताएका छन्। 

बुधबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो विषयमा आफूले भारतीय पक्षसँग गम्भीरतापूर्वक कुरा उठाएको स्पष्टीकरण दिएका हुन्। 

प्रधानमन्त्री प्रचण्डले मिडियामा सोबारे आएको विषयमा आफूले भारतीय पक्षसँग कुरा राखेको र भारतीय पक्षबाट यो कुनै राजनीतिक नक्सा नभएकाले त्यसलाई राजनीतिक रूपमा नहेर्न आग्रह गरेको जवाफ आएको बताए। उनले सो विषयमा भारतसँग अझ बढी अध्ययन र छलफल गर्ने आश्वासनसमेत दिए।

प्रधानमन्त्री प्रचण्डले भने,  ‘पहिलो कुरा संसद्को नक्साबारे कुरा भयो । मैले गम्भीर रूपमा नै उठाएँ । किनकि त्यो धेरै अध्ययन भइसकेको त थिएन । तैपनि जसरी मिडियामा आएको थियो । त्यो विषयमा त्यसरी नै प्रश्न गरेँ । यो के हो, नयाँ संसद् भवनमा भारतले राखेको नक्साबारे विभिन्न कोणबाट चर्चा भएको छ भन्दा उहाँहरूले दिएको जवाफ मैले प्रतिनिधिसभामा पनि भनेको थिएँ। यो कुनै राजनीतिक नक्सा होइन । यो ऐतिहासिक र सांस्कृतिक नक्सा हो । यसलाई राजनीतिक रूपले हेर्न हुँदैन भन्ने उहाँहरूको जवाफ थियो । अब योबारे अझ बढी अध्ययन गर्ने, छलफल गर्ने कुरा त बाँकी नै छ।’