Skip This
प्रधानमन्त्रीको भारत भ्रमणमा भएका समझदारीलाई इप्पानको स्वागत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २४ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ २४ बुधबार १o:२५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रधानमन्त्रीको भारत भ्रमणमा भएका समझदारीलाई इप्पानको स्वागत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ २४ बुधबार १o:२५:oo

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा भएको ऊर्जासम्बन्धी सम्झौताहरू स्वागतयोग्य रहेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार सहमति, एनएचपिसीसँग चार सय ८० मेगावाटको फुकोट–कर्णाली जलविद्युत् परियोजना विकाससम्वन्धी समझदारी, ६ सय ६९ मेगावाटको तल्लो अरुणको परियोजना विकास सम्झौतालगायतका समझदारी भएको थियो । सोही सन्दर्भमा इप्पानले त्यहाँ भएका समझादारीले नेपालको जलविद्युत्को विकासमा सहयोग पुग्ने बताएको हो ।

भ्रमणका क्रममा बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइनको शिलान्यास, नेपालभित्र विद्युत् प्रसारण लाइन निर्माणका लागि एक्जिम बैंक इन्डियाबाट सहुलियतपूर्ण प्राप्त कर्जाको उपयोग, नेपालमा निर्माणाधीन जलविद्युत् सडकजस्ता ठूला पूर्वाधार आयोजनामा आवश्यक विस्फोटक पदार्थको सहज र सरल आपूर्ति गर्ने सहमति भएका थिए । 

यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)लाई तीन महिनाभित्र अन्तिम रूप दिने र वित्तीय प्रबन्धसहित दुवै सरकारले डिपिआर स्वीकृत गरेपछि एक वर्षभित्रमा कार्यान्वयनमा जानेजस्ता सहमति एकदमै महत्वपूर्ण  रहेको इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । 

यसका अतिरिक्त विभिन्न जलविद्युत् आयोजनाहरूमा भारतीय लगानी भित्र्याउने, द्विपक्षीय ऊर्जा व्यापारका लागि प्रसारण लाइनलगायतका संरचनाहरूको निर्माण गर्ने, भारततर्फ ऊर्जाको दीर्घकालीन व्यापारका लागि वैधानिक आधार सुनिश्चित गर्ने, भारतीय भूमि हुँदै बंगलादेशसम्म नेपालबाट विद्युत् निर्यातको सुरुवात गर्न सैद्धान्तिक सहमति भई त्रिपक्षीय सम्झौताका लागि प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो । 

यसका साथै भारतका प्रधानमन्त्रीले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने लक्ष्य रहेको बताउनुका साथै यससँग सम्बन्धित ऊर्जा व्यापार सम्झौता दुवै देशका सचिवस्तरमा सम्पन्न भएको थियो । यसले नेपाली ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्ने इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यको भनाइ छ ।