१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २४ बुधबार
  • Monday, 24 June, 2024
२o८o जेठ २४ बुधबार o८:५२:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

कसरी गर्ने ट्रम्पवादको अन्त्य ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २४ बुधबार o८:५२:oo

एनएनको पोपी हार्लो नामक अन्तर्वार्ता कार्यक्रममा पूर्वएफबिआई निर्देशक जेम्स कोमीले एफबिआईप्रति पुरातनपन्थी रिपब्लिकन पार्टीका सदस्यहरूको अविश्वासका लागि ट्रम्पवादलाई दोष दिएका छन् । यसका बाबजुद कोमीले आफू एफबिआईका लागि धेरै चिन्तित नभएको र हालको ‘ज्वरो’ अन्ततः मत्थर हुनेछ भन्ने भविष्यवाणी गरेका छन् ।

कोमीको टिप्पणीले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई रिपब्लिकन पार्टीभित्रको समर्थन व्यक्तिकेन्द्रित विसंगति हो भन्ने आमगलत धारणालाई झल्काउँछ । बहस पार्टीभित्रको त्यो चुनावी गठबन्धनमाथि हुनुपर्ने हो, जसले ट्रम्पलाई सत्तामा पुर्‍यायो र उनलाई हाल पुनः चुनावका लागि मुख्य रिपब्लिकन उम्मेदवार बनाउँदै छ । तर, बहस पूर्वराष्ट्रपतिकै वरिपरि घुमिरहेको छ । रिपब्लिकन पार्टीभित्र राष्ट्रपति चुनावका लागि उम्मेदवार छान्ने प्रक्रियाको मिडिया कभरेज यो बहसबाट निर्देशित देखिन्छ । यो बहसमा पार्टीभित्रका उम्मेदवारमध्ये एकले अग्रपंक्तिका उम्मेदवार (ट्रम्प) लाई हराएमा ट्रम्पवादलाई रोक्न सकिने तर्क व्याप्त छ ।

ट्रम्पवाद बुझ्नका लागि रिपब्लिकन पार्टीको आधार कसले बनाउँछ भनेर विचार गर्नु महत्वपूर्ण हुन्छ । यस मामिलामा सिएनएनका रोनाल्ड ब्राउनस्टेनको विस्तृत रिपोर्ट हेर्नुपर्ने हुन्छ । रिपोर्टअनुसार ट्रम्पको लोकप्रियता रिपब्लिकन पार्टीको ग्रामीण क्षेत्रका श्वेत वर्णका जनाधारमा ठडिएको छ । ब्राउनस्टेनले हालै एट्लान्टिकमा लेखेको एक लेखमा सन् २०२३ को सदनको रिपब्लिकन बहुमतमा सामान्यतया वृद्ध, उच्च शिक्षा हासिल गर्न नपाएका र न्यून आय भएका श्वेत वर्णका मतदाता भएका जिल्लाले प्रतिनिधित्व गर्छ भन्ने उल्लेख गरेका छन् । 

ट्रम्पवाद अत्यधिक प्रभावशाली हुनुको कारण यसमा निहित धेरै विचारले मतदाताको भावनालाई राम्रोसँग प्रतिबिम्बित गर्छ । ट्रम्पले प्रवद्र्धन गरेको रिपब्लिकन पार्टीको संस्थापनविरोधी लोकरिझ्याइँ हो । अर्थात् राष्ट्रवाद, संकीर्णतावाद सन् १९६० को दशकदेखि भएका सामाजिक र सांस्कृतिक परिवर्तनप्रति अविश्वास, विघटनकारी सोच एवं द्वेषले रिपब्लिकन मतदातालाई राम्रैसँग आकर्षित गरेको छ । राजनीतिक दल महत्वपूर्ण उथलपुथलबाट गुज्रिनु अस्वाभाविक होइन ।

उदाहरणका लागि, इतिहासकारले डेमोक्य्राटिक पार्टीभित्रको दीर्घकालीन परिवर्तनलाई दस्ताबेजीकरण गरेका छन् । इतिहासकारका अनुसार सन् १९४० का वेला दक्षिणी क्षेत्रका डेमोक्य्राटले मजदुर युनियन र नागरिक अधिकारसम्बन्धी कानुनको विरोध गरेका थिए र तिनै डेमोक्य्राट बिस्तारै आफ्नो पार्टीबाट टाढिँदै गए । अन्ततः यी कार्यकर्ता नागरिक अधिकार कानुनको विरोध गर्ने पुरातनपन्थी रिपब्लिकन पार्टीमा पुगे ।

ट्रम्पवादको अन्त्य गर्न पार्टीले आफूभित्रको गठबन्धनलाई पुनर्संरचना गर्नुपर्छ र ट्रम्पको प्रस्तावभन्दा फरक पुरातनपन्थलाई प्रोत्साहन गर्ने नेता खोज्न सक्नुपर्छ 

त्यसैगरी, रिपब्लिकन पार्टी पनि नेल्सन रकफेलर, जेकब जेभिट्सजस्ता उत्तरपूर्वी क्षेत्रका उदारवादीबाट टाढिँदै गयो र पार्टी पूर्ण रूपमा दक्षिणपन्थी बन्यो । र, यो दक्षिणपन्थले अन्ततः सन् १९८० मा रोनाल्ड रेगनलाई राष्ट्रपतिमा निर्वाचित गरायो । सन् १९६४ मा लिन्डन बी जोनसनले एरिजोनाका रिपब्लिकन सेनेटर ब्यारी गोल्डवाटरलाई सजिलै पराजित गर्दा रेगनले एक प्रकारको पुरातनपन्थको हावा ल्याए, जसलाई तत्कालीन ह्वाइट हाउसले अत्यधिक उग्रवादी ठानेको थियो ।
तर, यस्तो परिवर्तन कैयौँ दशकमा एकपटक आउँछ ।

यो परिवर्तन कुनै व्यक्ति विशेष उम्मेदवारको जित वा पराजयको परिणाम वा राजनीतिक दललाई लागेको अल्पकालीन धक्काले निम्तिने गर्दैन । यी परिवर्तन तब मात्रै सम्भव हुन्छन् जब पार्टीले अलगावमा परेका वा विपक्षी पार्टीका मतदातालाई आफ्ना बनाउँछन् । परिवर्तनका लागि नयाँ पुस्ताको नेतृत्वको आवश्यकता हुन्छ, न कि एक व्यक्ति वा एकजना राष्ट्रपति । किनभने यो नेतृत्वले विधायकीय (कंग्रेसको) ककस परिवर्तन गर्ने र राष्ट्रपतिको उम्मेदवार तय गर्नेसम्मको सामथ्र्य राख्छ । पार्टीको बहसलाई नयाँ दिशामा लैजान थिंक ट्यांक, पत्रिका र जर्नल, सामाजिक सञ्जाल र समाचार स्रोतमा उल्लेख्य लगानी आवश्यक हुन्छ ।

ट्रम्पलाई आधुनिक रिपब्लिकन पार्टीमा मजैले अटाउँछु भन्ने थाहा थियो । ट्रम्प आफ्ना अन्य अधिकांश सहकर्मीका तुलनामा जोखिम लिन खोज्ने नेता हुन् । उदाहरणका लागि ट्रम्पले चुनावी नतिजालाई समेत अस्वीकार गर्ने जोखिम मोलेका छन् । ट्रम्पमा रहेको जोखिम मोल्ने प्रवृत्ति उनको पार्टीमा उनी निर्वाचित हुनुभन्दा धेरै पहिले नै गहिरो गरी गढेको थियो । उदाहरणका लागि सन् २०१० को मध्यावधि चुनावमा उल्लेखनीय संख्यामा कंग्रेसमा सिट पाउने उग्र–दक्षिणपन्थी राजनीतिज्ञले रिपब्लिकन पार्टीभित्रै टी पार्टी नामक समूह खडा गरेका थिए । ट्रम्प शक्तिको शिखरमा पुग्नुअगावै टी पार्टी समूहले षड्यन्त्रका सिद्धान्त, मतदान प्रतिबन्ध र ऋण सीमाका खतरालगायत दक्षिणपन्थी मुद्दालाई अघि सारिरहेको थियो । 

ट्रम्पवाद अन्त्य गर्न पार्टीले आफूभित्रको गठबन्धनलाई पुनर्संरचना गर्नुपर्छ र ट्रम्पले प्रस्ताव गरेकोभन्दा फरक ढंगको पुरातनपन्थलाई प्रोत्साहन गर्ने नेता खोज्न बृहत् प्रयासको आवश्यकता पर्नेछ । रिपब्लिकनले आफ्नै राजनीतिक भविष्यलाई दाउमा राखेर ‘बायोमिङ’ क्षेत्रका पूर्वरिपब्लिकन जनप्रतिनिधि लिज चेनीझैँ ट्रम्पले गरेको व्यवहारका लागि आफ्नै नेतालाई जवाफदेही बनाउन तयार हुनुपर्छ । त्यसो गर्नाले पार्टीका पदाधिकारी र मतदातासँग पीडादायी एवं राजनीतिक रूपमा जोखिमपूर्ण सम्बन्धविच्छेद आवश्यक हुनेछ, जसले पार्टीलाई अहिलेको अवस्थाबाट पार गराउनेछ । कोच ब्रदर्सले सन् १९९० र २००० को दशकमा गरेझैँ धनी दाताले सरकारका सबै तहमा उम्मेदवारलाई समर्थन गर्न आवश्यक हुनेछ ।

पार्टी यस्तो चाहन्छ कि चाहन्न, त्यो अर्को प्रश्न हो । चुनावलाई अस्वीकार गर्ने प्रवृत्ति वा राष्ट्रलाई दिवालीयपनमै रहिरहन दिने प्रवृत्तिलाई साहस मान्ने हो भने रिपब्लिकन पार्टी गम्भीर रूपमा ट्रम्पमय भएको बुझ्नुपर्छ । अहिलेको अवस्था हेर्दा रिपब्लिकन पार्टीले ट्रम्पवादलाई सहजै स्विकारेको छ ।

 (जेलिजार प्रिन्स्टन विश्वविद्यालयका इतिहास एवं सार्वजनिक मामिलाका प्राध्यापक हुन्) सिएनएनबाट
 

ad
ad
ad
ad