Skip This
खप्तडको विकास गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २३ मंगलबार
  • Saturday, 27 July, 2024
तस्बिर : रासस
२o८o जेठ २३ मंगलबार २o:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

खप्तडको विकास गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २३ मंगलबार २o:३o:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खप्तडको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको मंगलबार उद्घाटन गर्दै उनले खप्तडको विकासका लागि प्रतिष्ठान वा कोष बनाउने बताए। 

बझाङ, बाजुरा, अछाम र डोटीको संगमस्थल खप्तडलाई अब ‘खप्तड विकास प्रतिष्ठान’ वा ‘खप्तड विकास कोष’को रूपमा विकास गरिने प्रचण्डले बताए। 
खप्तड हाल पर्यटन विकास तथा व्यवस्थापन समितिमार्फत सञ्चालनमा छ। खप्तडको विकासका लागि लगानी बोर्डले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत तयार गरिसकेको प्रचण्डको भनाइ छ। 

‘खप्तड लामो समयदेखि चर्चामा छ, तर यसको प्रचारप्रसार हुन सकेन। अब एकैपटक यसको विश्वव्यापी प्रचार हुन्छ। विभिन्न देशका राजदूतले पनि आफ्नो देशमा खप्तडको प्रचार गर्नुहुनेछ। त्यसपछि पर्यटकको ओइरो लाग्नेछ,’ उनले भने।

योगगुरु रामदेवले खप्तड आध्यात्मिक क्षेत्रका लागि प्रकृतिले दिएको गहनाजस्तै भएको बताए। ‘अब खप्तडकोे संसारभर आध्यात्मिक पर्यटनको रूपमा प्रचार हुनेछ, भू–स्वर्ग भनेकै खप्तड हो, जीवित हुँदा नै सबैले खप्तड पुग्नुपर्छ,’ रामदेवले भने।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पराराष्ट्रमन्त्री एनपी साउद, कांग्रेसका मुख्य सचेतक रमेश लेखक, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, सांसद, प्रदेश सभा सदस्य, विभिन्न देशका राजदूत, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तिलगायत खप्तड पुगेका छन्। 

सुदूरपश्चिम प्रदेश सरकार, पर्यटन बोर्ड तथा स्थानीय तहको सहकार्यमा आयोजना गरिएको सम्मेलन २५ जेठसम्म चल्नेछ। खप्तडबाबाले ५० वर्ष साधना गरेको खप्तडलाई पर्यटकीय हिसाबले ‘भर्जिन’ क्षेत्र मानिन्छ। 

आध्यात्मिक सम्मेलनपछि खप्तडमा भारतीय र तेस्रो मुलुकका पर्यटक बढ्ने खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक तथा मूल समारोह समितिका सदस्यसचिव भीमबहादुर खड्काले बताए। 

त्रिवेणीधाम, केदारढुंगा, नागढुंगा, खप्तड दह, खप्तड आश्रम, सहस्रलिंग, खप्तडबाबाको कुटीजस्ता धार्मिक सम्पदा महत्वपूर्ण मानिन्छ।