१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाटो निर्माणमा अनियमितता, छायाँनाथ राराका पूर्वमेयर र उपमेयरसहित नौविरुद्ध मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३o:oo

मुगुको छायाँनाथ रारा नगरपालिकामा सडक निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन मेयर, उपमेयरसहित नौजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

तीनजना प्रतिनिधि, तीन कर्मचारी र उपभोक्ता समितिका तीन पदाधिकारीविरुद्ध आयोगले मुद्दा दायर गरेको हो। वास्तविक रूपमा भए गरेको कार्यभन्दा बढी (नभएको) कामको समेत प्रतिवेदन स्वीकृत गरी भुक्तानी दिएर २२ लाख ३६ हजार चार सय ८२ रुपैयाँ अनियमितता गरेको आयोगले जनाएको छ। 

आयोगले तत्कालीन नगर प्रमुख हरिजंग शाही, तत्कालीन नगर उपप्रमुख सुन्तला रोकाया र वडा नम्बर ७ का सदस्य पशुपती शाहीलगायतविरुद्ध मुद्दा दायर गरेको हो। आर्थिक वर्ष ०७४–७५ मा यस्तो अनियमितता भएको हो।

छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ स्थित बिसौनीदेखि किउरीसम्मको बाटो निर्माणको वास्तविक कामभन्दा धेरै काम भएको देखाएर भुक्तानी भएको हो। जसमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारू, इन्जिनियर महेशसिंह कठायत र असिस्टेन्ट सब–इन्जिनियर हस्तबहादुर मल्ललाई पनि प्रतिवादी बनाइएको छ।

बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष रामप्यारी शाही, कोषाध्यक्ष नानी कामी र सचिव साधना मल्लविरुद्ध पनि मुद्दा दायर भएको छ।