१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २३ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २३ मंगलबार १४:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अर्थमन्त्रीको प्रस्टीकरण- बिचौलियालाई नजिक पर्न पनि दिएकाे छैन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २३ मंगलबार १४:४९:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट निर्माण प्रक्रियामा आफूले बिचौलियालाई नजिक पर्न पनि नदिएको दाबी गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रतिपक्ष दलका सांसदले उठाएका प्रश्नहरूको उत्तर दिँदै उनले यस्तो दाबी गरेका हुन्। 

उनले यसमा कुनै इफ एन्ड बटको क्लज नभएको बताए। अनधिकृत व्यक्तिको प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप प्रतिपक्ष दलका सांसदले लगाएका थिए। 

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, रास्वपा र राप्रपाले आपत्ति जनाएपछि स्थगित भएको थियो। 

आजै नेता केपी ओली र अर्थमन्त्री प्रकाशशरण महतबीचको छलफलपछि बैठक बस्ने सहमति भएको हो। प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने सहमति भएपछि बैठक सुचारु भएको हो।