१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

व्यापार निजी क्षेत्रले गर्ने हो, सरकारले होइन : उद्योगमन्त्री रिजाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४७:oo

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार व्यापार गर्ने काममा लाग्न नहुने बताएका छन्। मंगलबार जनकपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकारले व्यापार गर्ने नभई व्यापारका लागि सहजीकरण गरिदिने प्रस्ट पारे।

व्यापार निजी क्षेत्रले गर्ने भएकाले सरकारले निजी क्षेत्रलाई व्यापारका लागि सहयोग गर्ने मन्त्री रिजालको प्रतिबद्धता छ। वर्तमान सत्तागठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गर्दै उनले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताए। बजेटको ट्रेडिसनल सिस्टम पञ्चायतकालदेखि नै रहिआएकाले यसलाई परिवर्तन नगरेसम्म देश र उद्योगीहरू सुखी हुन नसक्ने उनको भनाइ छ।

‘सरकारले व्यापार गर्ने होइन, निजी क्षेत्रले गर्ने हो व्यापार भनेको। सरकारले त मात्र सहयोग गर्ने हो । के गर्नुपर्छ बाटो बनाइदिने हो । अहिलेको गठबन्धन सरकारले तपाईंहरूका समस्या समाधान गर्नेछ । प्रधानमन्त्रीले संसदमा जवाफ दिँदा बजेटको ट्रेडिसनल सिस्टम पञ्चायतकालदेखि नै आएको छ । त्यसलाई परिवर्तन गर्न नसक्ने हो भने न देश सुखी रहन्छ न उद्योगपति सुखी रहन सक्छन् । सरकार कटिबद्ध छ । राजनीतिक स्थिरता नहुँदा विगतमा समस्या आयो, तर अब यो गठबन्धन सरकार पाँच वर्ष नै चल्छ,’ उनले भने।

देश बनाउन संघीय सरकारलाई मात्रै कराएर नहुने प्रस्ट पार्दै मन्त्री रिजालले सबै मिलेर काम गरे  देश विकास गर्न समय नलाग्ने बताए। पहाडबाट बगेर जाने बालुवाको उत्खनन गरी बिक्री गर्दा विरोध भइरहेको भन्दै उनले आपत्तिसमेत जनाए।