१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री नेपालको इतिहासमै संसदमा निरीह : योगेश भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५२:oo

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपालको इतिहासमै प्रधानमन्त्री संसदमा निरीह भएको बताएका छन्। प्रधानमन्त्रीले नागरिकता विधेयक प्रमाणीकरण गर्न गलत बाटो अपनाएका र यसबारेमा उनीसँग कुनै तर्क नरहेकाले निरीह बनेका भट्टराईको टिप्पणी छ।

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नागरिकता विधेयकबारे प्रधानमन्त्रीले दिएको धारणा नै फितलो र कमजोर रहेको बताए। अदालतले नै रोकिसकेपछि प्रधानमन्त्रीसँग तर्क नहुँदा संसदमा कुतर्क प्रस्तुत गरिरहेको भट्टराईको आरोप छ।

‘आज संसदमा नेपालको प्रधानमन्त्री इतिहासमै निरीह हुनुभयो। यसरी निरीह भएर कहिल्यै पनि प्रस्तुत भएको छैन। किनभने उहाँसँग कुनै तर्क नै छैन। उहाँको धारणा नै कमजोर र फितलो छ। उहाँले विधेयक प्रमाणीकरणको गलत बाटो अपनाउनुभएको छ। अदालतले रोकिदिइसकेको छ। उहाँसँग कुनै तर्क छैन,’ उनले भने, ‘कुतर्क गर्ने, भावनात्मक कुरा गर्ने। प्रधानमन्त्रीले संसद्लाई ढाँट्न भएन। बंगलादेश बाटोबारेमा म बोलेकै छैन! हामीले सुनाइदिएका छौँ त, अनि भारतमा गएर नेपालको बारेमा विवादास्पद अभिव्यक्ति दिने। यत्रो मुलुकलाई विवादित बनाएर उहाँले विष खुवाउनुभएको छ।’