बजारमा विभिन्न ब्रान्डका मोबाइल फोन पाइन्छन् । तपाईंले आफ्नो आवश्यकता र बजेटसुहाउँदो फोन चयन गर्नुपर्छ । टिकाउ फोन किन्नका लागि केही कुरामा ध्यान दिन आवश्यक छ ।
सञ्चारसँगै गेम खेल्न, फोटोग्राफी र विभिन्न कामका लागि फोनको प्रयोग हुन्छ । तपाईंको मुख्य प्राथमिकता के हो ? त्यसबारे विचार गरेर सही फिचर र स्पेसिफिकेसन भएका फोन रोज्नुपर्छ ।
आइओएस र एन्ड्रोइड अपरेटिङ सिस्टममध्ये कुन चलाउन तपाईंलाई सहज हुन्छ, त्यसलाई पनि विचार गर्नुपर्ने हुन्छ । आइओएस अपरेटिङ सिस्टम भएका फोन तुलनात्मक रूपमा महँगो हुन्छन् । तर, एन्ड्रोइडमा मूल्यअनुसारका स्मार्टफोन पाइन्छन् ।
प्रोसेसर, र्याम, स्टोरेज क्षमता, क्यामेरा क्वालिटी, डिस्प्ले रिसोलुसन र ब्याट्रीबारे बुझ्नुपर्छ । यसले फोनको परफर्मेन्स निर्धारण गर्ने काम गर्छ ।
फरक ब्रान्डका मोबाइलका विशेषता र प्राथमिकता फरक हुन्छन् । त्यस्तै, उनीहरूले प्रदान गर्ने स्किम र वारेन्टी पनि फरक हुन सक्छ ।
मोबाइल फोनको गुणस्तरबारे इन्टरनेटमा पनि पर्याप्त जानकारी आइरहेका हुन्छन् । भरपर्दो साइटमा गएर तपाईंले मोबाइलबारे जानकारी लिन र त्यहाँ आएका रिभ्यु पढ्न सक्नुहुन्छ ।
यी कुरा ख्याल गर्दै तपाईंले निर्णय लिन सक्नुहुन्छ । तर, मोबाइल खरिद गर्नुअघि एकपटक आफैँ एकपटक मज्जाले चलाएर चेकजाँच गर्न आवश्यक छ ।