१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २० शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २० शनिबार १३:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महानगरको पहिलो प्राथमिकता नगरवासीलाई रोग लाग्न नदिनु हो : सुनिता डंगोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २० शनिबार १३:४o:oo

काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपालिकाको पहिलो प्राथमिकता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताएकी छिन्।

शनिबार काठमाडौंमा नेपाल मधुमेही समाज र काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। नगरवासीलाई रोग लागेपछिको उपचारभन्दा रोग लाग्नै नदिने उपायहरूको बारेमा महानगरले काम गरिरहेको उनको भनाइ थियो। 

देश विकासका लागि जनप्रतिनिधिहरूको इच्छाशक्ति र शारीरिक स्वस्थता आवश्यक रहेको डंगोलले बताइन्। उनले भनिन्, ‘हामी सबैलाई थाहा छ, स्वास्थ्य रहे हामी सबै छौँ, स्वास्थ्य नरहे केही पनि छैन। जतिसुकै काम गर्छु भन्ने इच्छाशक्ति भएर मात्रै पनि पुग्दैन।’

डंगोलले धेरै जनप्रतिनिधि प्रेसर र मधुमेहको रोगी रहेको उल्लेख गर्दै जनप्रतिनिधिहरूको जीवनशैलीसँग जोडेर स्वास्थ्यकेन्द्रित तालिमहरू दिन सके त्यसले धेरै फाइदा पुग्ने बताइन्।